विप्लवको भोलि काठमाडौंमा गर्जन !

डेली न्युजराप्ती       २३ माघ २०७९ १७:०० मा प्रकाशित     220 No Comments

माघ २३ / दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भोलि काठमाडौमा एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
विप्लवले भोलि पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) केन्द्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा आयोजित स्ववियु बिशेष प्रशिक्षण कार्यक्रम भोलि त्रिभुवन बिश्वबिद्धालय किर्तिपुर काठमाडौंमा हुन गइरहेको छ ।

आगामी चैत्र ५ गते त्रिभुवन बिश्वबिद्धालयले स्ववियुको निर्वाचन गर्नेगरी तयारी अगाडि बढाएपछि संगठनले निर्वाचनको तयारी स्वरुप प्रशिक्षणको आयोजना गरेको जनाएको छ ।

यसैबिच महासचिव विप्लव , पार्टीका प्रवक्ता प्रकाण्डले हिजो नै प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)संग भेटघाट गरेका थिए । तत्कालीन केपि ओली नेतृत्वमा रहेको सरकारसंग भएको तीन बुदे सहमती कार्यान्वयनका लागि जेल जीवन बिताइरहेका बन्दी रिहाई र सम्पुर्ण झुठा मुद्दाहरु खारेजिका लागि भेटघाट गरिएको नेकपा निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार