जनगणतान्त्रिक सम्पर्क मंच दाङ,सल्यान,रोल्पाको संयुक्त भेला सम्पन्न

डेली न्युजराप्ती       ४ पुष २०७८ ११:०५ मा प्रकाशित     493 No Comments


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मंचको आयोजनामा जनगणतान्त्रिक सम्पर्क मञ्च संयुक्त जिल्ला भेला अन्तर्गत ३ जिल्ला काठमाडौ – दाङ ,काठमाडौ -रोल्पा ,काठमाडौ -सल्यान को भेला काठमाडौको त्रिचन्द्र क्याम्पसमा सम्पन्न भएको छ।
सिर्जना गिरिको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्र्याक्सन इन्चार्ज चिरन पुन (मिलन), अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदीप वली,जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष रत्न मगर ,मन्चका महासचिव पूर्ण श्रेष्ठ ,अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य एवम् कार्यालय सचीव लोकेश जोशी,अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल के सी ,अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत सिलाइ मजदुर संगठनका केन्द्रिय सदस्य मोहन घलेको आतिथ्यता रहेको थियो।
भेलाका अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदीपले विभिन्न जिल्ला बाट आएर काठमाडौमा विभिन्न पेशा गरि बसिरहनु भएका पार्टीका,कार्यकर्ता समर्थक ,सुभचिन्तक सबै एकजुट भएर संगठित हुँदै क्रान्ति लाई पूरा गर्न अर्थात नेपालमा बैज्ञानिक समाजवादी राज्य स्थापना गर्न पार्टीले अगाडि सारेको जनमत संग्रहको एजेन्डा लाई व्यापक रुपमा प्रचारप्रसार गरेर समाजवादी व्यवस्था लाई चुन्नको निम्ति सबैलाई समेटेर लैजान अनुरोध गरे।
भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्र्याक्सन इन्चार्ज चिरन पुन (मिलन) ले सम्पर्क मन्चलाइ बलियो बनाउन विभिन्न जिल्ला बाट काठमाडौमा आएर पेशा ब्यावसाय गर्ने कमरेडहरुलाइ समेट्नु पर्ने बताए।क्रान्तिको निम्ति कार्यदिशा चाहिने भएकाले नेपालमा क्रान्ति सम्पन्न गर्ने कार्यदिशा नेकपा संगै मात्र भएको र त्यो कार्यदिशा एकीकृत जनक्रान्ती भएको जिकिर गर्नुभयो ।एकीकृत जनक्रान्ती बाट मात्र दलाल पुजीवादी संसदीय व्यवस्थाको खारेज र वैज्ञानिक समाजवादको स्थापना हुने बताए ।एक अर्को प्रसंगमा नेता मिलनले केहि तत्वहरुले माओवादी केन्द्र संग पार्टी एकता हुन्छ र विप्लव महासचिव बन्छन् भनेर बाहिर हल्ला चलाइरहेको र त्यो सत्य नभएको जिकिर गरे कुरा महासचिवको नभइ क्रान्तिको भएको र एकता नभइ ध्रुवीकरणको बताए ,प्रचण्डहरु दलाल पुजीवादी संसदीय व्यवस्था छोडेर बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने दिशामा आए सोच्न सकिने बताए।
जनगणतान्त्रिक सम्पर्क मंच अन्तर्गत काठमाडौ -दाङ सम्पर्क मंचको राजेश रसाइलीको अध्यक्षतामा २५ सदस्यीय ,काठमाडौ- रोल्पा सम्पर्क मंचको याम थापाको अध्यक्षतामा २३ सदस्यीय ,काठमाडौ -सल्यान सम्पर्क मंन्चको सृजना गिरिको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्वाचित गरेको छ।
जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रिय सदस्य रण बहादुर पुनले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने उक्त भेलाको सहजीकरण राजेश रसाइलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार