दाङका आचार्यको नारा भयो अख्तियारको उत्कृष्ट नारा

डेली न्युजराप्ती       २७ माघ २०७८ ०८:०३ मा प्रकाशित     592 No Comments


तुलसीपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ औ स्थापना दिवसका अवसरमा आयोजना गरेको सन्देशमुलक नारा प्रतियोगितामा तुलसीपुरका वसन्त आचार्यको नारा उत्कृष्ट भएको छ । प्रतियोगितामा २ सय ५८ वटा नारा समावेश भएकोमा आचार्यले सृजना गरेको म गर्दिन भ्रष्टाचार , म सहदिन भ्रष्टाचार : मेरो संकल्प सदाचार नारा उत्कृष्ट घोषित भएको हो ।नारा उत्कृष्ट भएसँगै आयोगले स्थापना दिवसको अवसर पारेर पुरस्कृत समेत गर्ने भएको छ । आचार्य पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार