संवाददाता/ जेष्ठ ६ , तुलसीपुर । राप्ती बबई क्याम्पसमा स्थगित स्ववियु निर्वाचन प्रक्रियालाई निकास दिन नेपाल बिद्यार्थी संघ असहमत भएको छ ।
आज बुधबार क्याम्पसका प्रमुख गणेश पार्धेले बोलाएको बैठकमा क्याम्पसका सबै कृयासिल संघ/संगठनहरु स्थगित निर्वाचन प्रक्रिया जुनसुकै ढंगले टुङ्गोमा पुर्याउनुपर्ने धारणा राखेपनी कांग्रेस सम्बद्ध नेविसंघले असहमति जनाएको हो।
बिगतमा त्रिभुवन बिश्वबिधालयको कार्यतालिका बमोजिम राप्ति बबई क्याम्पसमा २ दिन ढिलागरि निर्वाचन भएपनी निर्वाचनकै विचमा फर्जी बिद्यार्थी कार्ड भेटिएपछि निर्वाचन प्रक्रिया अबरुद्ध भइ निर्वाचन प्रक्रिया पूरा हुन पाएको थिएन । निर्वाचनमा कुल २४३३ मतदाता बिद्यार्थी मध्य निर्वाचन अबरुद्ध हुँदासम्म ५३३ जनाले मतदान गरेका थिए।
स्थगित निर्वाचन प्रक्रियाको निकासका बारेमा क्याम्पस प्रशासनको रोहबरमा बसेको बैठकमा नेविसंघ बाहेका सबै संगठनहरुले निर्वाचन खसेको ५३३ मतलाई आधार मानेर वा अन्य कुनै नयाँ विकल्प , सहमतीका आधारमा भएपनि निर्वाचन प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने धारणा राख्दा नेविसंघले कुनै विकल्पमा पनि सहमती जनाको थिएन ।
नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) , नेकपा निकट अखिल(क्रान्तिकारी) विप्लव , नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु , स्ववियुका स्वतन्त्र उम्मेदवारहरु भद्र बहादुर खत्री (भुपेश) , प्रभाष लामिछाने लगाएतले स्थगित निर्वाचन प्रक्रिया कुनैपनी हालतमा पूरा गरि आम बिद्यार्थीको भावनालाई कदर गर्नुपर्ने धारणा राखेका थिए ।
यता नेविसंघले निर्वाचन खसेको मतलाई गणणा गर्न नसकिने र सहमतीको आधारमा पनि स्ववियुको कार्यसमिति गठन गर्न नसकिने धारणा राखेपछी कृयासिल ४ वामपन्थी बिद्यार्थी संगठनहरुले प्रेस बिज्ञप्ति जारी गर्दै नेविसंघको सर्वसत्तावादि प्रवृतिको पक्षपोषण नगरी क्याम्पस प्रशासनले कुनैपनी मुल्य मान्यतामा स्ववियु निर्वाचनको प्रक्रिया पुरागरी आम युवा-बिद्यार्थीको भावनालाइ समेट्न जोडदार माग गरेका छन् । साथै बिज्ञप्तिमा निर्वाचनको प्रक्रिया पूरा नगरे चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने बताइएको छ ।
संघर्षबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं क्याम्पस प्रशासन हुने ४ संगठनहरुद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्ति जारी गर्नेहरुमा नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) , नेकपा निकट अखिल(क्रान्तिकारी) विप्लव , नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु , स्ववियुका स्वतन्त्र उम्मेदवारहरु भद्र बहादुर खत्री (भुपेश) रहेका छन्।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.