तुलसीपुर,२४ चैत । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर मेट्रो कलेजलाई विश्वविद्यालय वनाउने सपना रहेको बताउनुभयो । “हाल देशैभरबाट विद्यार्थीहरु आउनुभएको छ, यसलाई विश्वविद्यालय बनाएर अन्य देशबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने बनाउन हामी लागेका छौ” उहाले भन्नुभयो, कलेजमा बारादेखि बाजुरासम्मका विद्यार्थीहरु अध्ययनका लागि आएको हुदा हामी तुलसीपुर विस्तारै शिक्षाको हबका रुपमा विकास गर्दै “हामीले तुलसीपुरबाट विद्यार्थीहरुलाई बाहिर जान मात्रै रोकेका छैनौ, बाहिरबाट पनि विद्यार्थीहरुलाई यहाँ ल्याएका छौ । नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नका लागि कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले आगामी शैक्षिक सत्रबाट स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनको योजना रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै एनप्याब्सन दाङ्गका अध्यक्ष विमल गौतमले मेट्रो कलेज तुलसीपुरको गौरबको रुपमा रहेको बताउनुभयो । प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई मेट्रो कलेजले अन्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्यले सीपमुलक शिक्षालाई व्यवसायसँग जोड्नका लागि कलेजले परियोजनात्मक कार्य सञ्चालन गरेको बताउनुभयो ।विद्यार्थी डिल्ली खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्दिप मल्ल, विजय केसी,स्पन्दन भुषाल, विपना ढकाल लगायतले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.