तुलसीपुर, ३१बैशाख । तुलसीपुरमा झन्डै ७० हजार मत खसेको छ । तुलसीपुरमा १९ वटा वडा मध्ये १८ वटा वडामा मात्रै शुक्रवार निर्वाचन सम्पन्न भएको छ भने वडा नम्वर १७ को जेठ ३ गते निर्वाचन हुने भएको छ । तुलसीपुरमा एक लाख ७ हजार ६७ मतदाता रहेकोमा ६९ हजार ९६७ जनाले मतदान गरेका छन् । जुन ६३.६६ प्रतिशत मत खसेको छ ।
तुलसीपुर १ मा ३६५६ मतदाता रहेकोमा २५४३,२ मा ३६४९ मतदाता रहेकोमा २७१३ , ३ मा ५३२८ रहेकोमा ४२४१, ४ मा ६४०५ रहेकोमा ४१७७, ५ मा ५९८८ रहेकोमा ३७४१, ६ मा ८०४० रहेकोमा ५१०६, ७ मा ७९७५ रहेकोमा ५४०८, ८ मा ५१९२ रहेकोमा ३७७८ जनाले मतदान गरेका छन् ।
यस्तैगरी वडा नम्वर ९ मा ४३३५ रहेकोमा २१२६,१० मा ४९६२ रहेकोमा ३६५०, ११ मा ६७४९ रहेकोमा ४७८८, १२ मा ६६०४ रहेकोमा ४५६५ , १३ मा ४५०१ रहेकोमा ३१५६, १४ मा ४८२६ रहेकोमा ४४७६, १५ मा ५५९० रहेकोमा ३९३७ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । यस्तैगरी वडा नम्वर १६ मा ६०६१ रहेकोमा ४२४४, १८ मा ५८७३ रहेकोमा ४ हजार र १९ मा ४८४० रहेकोमा ३३३८ जनाले मतदान गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.