तुलसीपुरमा होमडेलिभरीको व्यवस्था सहित हाम्रो मासु घर संचालनमा

डेली न्युजराप्ती       ४ बैशाख २०७९ २१:३६ मा प्रकाशित     572 No Comments


हेमन्त प्रकाश वली। बैशाख ४,तुलसीपुर। दाङको तुलसीपुरमा होमडेलिभरीको व्यवस्था सहित मासु पसल संचालनमा आएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित उच्च अदालत देखि पुर्वतिर हाम्रो मासु घर संचालनमा ल्याइएको छ।

एकीकृत कृषि तथा पशुपंक्षी विकाश सहकारी संस्था लिमिटेड द्वारा संचालित हाम्रो मासु घरमा हिमाली तथा पहाडी भेगका लोकल खसीहरु,बोका,कालिज,लोकल कुखुरा,ब्रोईलर कुखुरा,बटईको ताजा मासु पाइनुका साथै होमडेलिभरीको समेत व्यवस्था गरिएको संचालक द्व्य भुपेन्द्र प्रकाश डागी र दिपेन्द्र वलीले जानकारी दिनुभएको छ।

‘स्वस्थ जिवनका लागि स्वच्छ तथा गुणस्तरीय मासुको सेवन गरौं’ भन्ने उदेश्य सहित संचालित हाम्रो मासु घरमा होमडेलिभरीको समेत सुबिधा रहेको संचालकहरुले बताउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार