नेता वीरजङ्गको मृत्युले कपिलवस्तु शोकमग्न, सयौं जनताको उपस्थितिमा गरियो दाहसंस्कार

डेली न्युजराप्ती       ३० आश्विन २०७८ २०:४८ मा प्रकाशित     775 No Comments


कपिलवस्तु। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बीरजङ्गको पार्थिव शरीरमा माल्यार्पण गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका विरजंगको भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा शुक्रवार बिहान निधन भएको हो ।

निधन पश्चात् उनको शरिरलाई कपिलवस्तुको शिवगढी ल्याई शनिवार श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।कपिलवस्तु शिवगढी स्थित उनको घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसि(सोनाम),शिवराज नगरपालिकाका राजनितिक दलका नेता कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली दिएका थिए ।

जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका विरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए। केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका विरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। कपिलवस्तुको शिवगढीका स्थायी बासिन्दा ६१ वर्षीय विरजंगका दुई छोरा र एक श्रीमती छन। उनको आजै सयौ जनताको उपस्थितिमा अन्त्यष्टि गरिएको पारिवारीक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार