प्रादेशिक संघर्ष समितिको संयोजकमा वली

डेली न्युजराप्ती       १८ जेष्ठ २०७९ १५:४६ मा प्रकाशित     583 No Comments

नेपाल व्यावसायिक बाख्रापालक महासंघ लुम्बिनी प्रदेश समितिको चौथो बैठक सम्पन्न
जेठ १८,दाङ। नेपाल व्यावसायिक बाख्रापालक महासंघ लुम्बिनी प्रदेश समितीको चौथो बैठक सम्पन्न भएको छ।

महासंघको भालुबाङमा सम्पन्न बैठकले व्यावसायिक बाख्रापालक किसानहरुको हकहितका लागि संघर्ष गर्ने निर्णय गरेको छ। बैठकले महासंघका दाङ जिल्ला अध्यक्ष समेत रहेका दिपेन्द्र वलीको संयोजकत्वमा २१ सदस्यीय प्रादेशिक संघर्ष समिती समेत गठन गरेको छ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष मीन आलेको अध्यक्षतामा बसेको बैठकमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलको प्रमुख आतिथ्य रहेको थियो।
चौथो बैठकको सहजीकरण लुम्बिनी प्रदेश सचिव केशवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार