काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
भोलि आइतबार रामनमवीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।
चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार गृहमन्त्रालयले सूचना जारी गरेर यसबारेमा जानकारी दिएको हो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.