नेकपा शान्तिनगरको इन्चार्जमा निर्मल सी , सेक्रेटरीमा मनोज सीलाई जिम्मेवारी

डेली न्युजराप्ती       २१ माघ २०८१ २०:०२ मा प्रकाशित     217 No Comments

माघ २१,दाङ । नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँकमिटीको इन्चार्ज र सेक्रेटरीको जिम्मेवारी हेरफेर गरिएको छ ।
पार्टीको चौथो आवधिक योजनाको प्रथम बैठकले गाउँकमिटीको इन्चार्जमा निर्मल सी र सेक्रेटरीमा मनोज सीलाई जिम्मेवारी प्रदान गरेको हो ।

निर्मल सी नेकपाका केन्द्रीय सदस्य हुन् भने मनोज सी पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य हुन् ।

गाउँकमिटीको दोस्रो बैठकमा नेताहरुको जिम्मेवारी हेरफेर लगाएत समग्र राजनीतिक , वैचारिक , संगठन , संघर्ष र उत्पादन सहितको योजनागत सर्कुलरमा उक्त निर्णय उल्लेख गरिएको छ ।

नेकपा शान्तिनगर गाउँकमिटीको दोस्रो बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै बैठकका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले दलाल पुजीवादको विकल्पमा समाजवादी व्यवस्था निर्विकल्प बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको दलाल पुजीवादी सत्ता दिनानुदिन संकटग्रस्त बन्दै गइरहेको छ । यो सत्ताको विकल्पमा नेपालमा समाजवादी राज्यव्यवस्था निर्विकल्प बन्दै गएको छ । मुलुकका बहुसंख्यक जनताले समाजवाद चाहिरहेका छन् । हाम्रो पार्टीले नेपाली बिशेषताको समाजवाद प्रस्ताव गरेको छ जहाँ बहुमत जनताको समर्थन छ । अब यो सत्ता चल्दैन भन्नेमा सबै छन् तर विकल्प दिन सकिरहेका छैन् । गाउँगाउँमा गएर जनतालाई संगठित गर्दै समाजवादी व्यवस्था प्राप्तिको आन्दोलनमा जनतालाई संगठित गर्ने बेला आएको छ । हामिलाई समाजवादका लागि सुदृढ संगठन चाहिएको छ , त्यसका लागि संगठन सुदृढीकरण र विस्तार अभियान अहिलेको आवश्यकता हो ।’

नेता तिलकले पार्टीले ०८४ को चुनावलाई संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था प्राप्तिका लागि संघर्षको मोर्चा बनाएर अभियानात्मक ढंगले प्रयोग गर्ने बताउनुभयो ।

उहाँले पार्टीलाई श्रमिक जनताले एक मात्र आशा भरोसाको दृस्टिले हेरेकाले नेताकार्यकर्ता जनताको बिचमा पुगेर रातदिन सेवा गर्न निर्देशन दिनुभएको थियो।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम शान्तिनगर गाउँकमिटीका इन्चार्ज निर्मल सी , नेकपा दाङका जिल्ला सल्लाहकार समितिका सदस्य शुरेस सी , पार्टी शान्तिनगर गाउँकमिटीका सल्लाहकार नर बहादुर सीको आतिथ्यता रहेको थियो ।

दोस्रो बैठकको अध्यक्षता तथा सहजीकरण पार्टी गाउँकमिटीका सेक्रेटरी मनोज सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार