पेट्रोलियम पदार्थको मुल्यबृद्दी फिर्ताको माग सहित नेकपा दाङद्वारा १ घण्टा चक्काजाम

डेली न्युजराप्ती       २३ माघ २०७८ ११:१६ मा प्रकाशित     380 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाको आयोजनामा दाङमा १ घण्टा चक्काजाम कार्यक्रम सम्पन्न भएको छ।
पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत आज आइतबार दाङको घोराही स्थित तुलसीपुर चोक, भालुबाङ र तुलसीपुरको बिरेन्द्र चोकमा बिहान १० बजेदेखी ११ बजेसम्म १ घण्टा चक्काजाम गरिएको नेकपा निकट संयुक्त जवस/मोर्चाले जनाएका छन।
यसअघि नेकपा निकट जवस/मोर्चाले दाङ लगाएत देशव्यापी कोणसभा,नेपाल आयल निगमका कार्यालय र डिपोहरु घेराउ गर्नुका साथै हिजो देशव्यापी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेका छन।
मुल्यबृद्दी विरुद्ध भोलि नेकपा निकटका संयुक्त जवस/मोर्चाले देशव्यापी अन्तर्क्रीया कार्यक्रमको आयोजना गरेका छन भने माघ २६ गते देशव्यापी जनप्रदर्शन गर्ने जनाएका छन।
न्यूजराप्तीसंग कुरा गर्दै नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले शान्तिपुर्ण ढंगले पेट्रोलियम पदार्थको मुल्यबृद्दी फिर्ता लिन माग गरेको बताए। उनले भने,” हाम्रो शान्तिपुर्ण ढंगको आन्दोलनलाई नेपाल आयल निगमले बेवास्ता गरे थप कडा संघर्षका कार्यक्रमहरु घोषणा गर्छौं तर जनताको ढाड सेक्ने गरि गरिएको मुल्यबृद्दीलाई चुपचाप सहेर बस्न सक्दैनौं।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार