नेकपा दाङका नेता बिक्रमलाइ मातृशोक,पार्टी द्वारा श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       १ भाद्र २०७८ १७:४२ मा प्रकाशित     1533 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य यमलाल कटुवाल(बिक्रम)लाई मातृशोक परेको छ।
नेता बिक्रमकि ममतामयी आमाको श्रावण ३२ गते सोमबार साझ ६ बजे दुखद निधन भएको थियो।
नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले आज एक शोक वक्तव्य जारी गर्दै नेता बिक्रमकि आमा राप्ती गाउपालिका वडा नं.५ भुल्के निवासी तुल्सिदेवी कटुवालको ७१ बर्षको उमेरमा भएको निधनले पार्टी निकै मर्माहत र दुखित भएको बताएका छन।
वक्तव्यमा मृतक तुल्सिदेवी कटुवालले जनयुद्ध र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदानको स्मरण गर्दै सेक्रेटरी प्रदिपले भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन साथै दुखद घडिमा शोकाकुल परिवारजन प्रती हार्दिक समबेदना व्यक्त गरिएको छ।

शुक्रबार मृतक आमा बिष्णुदेबी कटुवालको अन्तिम दाहसंस्कार गरिएको छ।दाहसंस्कारमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,जिल्ला बिशेष कमिटि सेक्रेटरी सुन्दर ,जिल्ला सेक्रेटरी प्रदिप,नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाश,घोराही उपमहानगर इन्चार्ज तिलक,लमही नगर इन्चार्ज जनक ,बबई गाउपालिकाका इन्चार्ज प्रतिरोध,शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मल लगाएत पार्टी निकट जनबर्गिय संगठनका जिम्मेवार नेता-कार्यकर्ताको सहभागिता थियो।

दाहसंस्कारमा उपस्थित नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले मृतक आमा प्रती अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।नेता शितलले दिबंगत आमाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समाबेदना प्रकट गरे।उनले मृतक आमाको सफल जीवन पछिको मृत्यु भएको बताए।निरन्तर क्रान्तिको प्रक्रियामा लागेका नेता बिक्रम सहित सात जना होनहार सपुतलाई जन्माएर सहि दिशानिर्देश गर्ने मृतक आमा महान भएको नेता शितलको भनाइ थियो।
पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रमको सहजीकरण नेकपा लमहि नगर इन्चार्ज जनकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार