आइतबारदेखि तुलसीपुरमा विद्यार्थीलाई मोडर्ना खोप दिइने

डेली न्युजराप्ती       १५ माघ २०७८ १९:३६ मा प्रकाशित     289 No Comments


तुलसीपुर, १५ माघ । दाङको तुलसीपुरमा भाेली आइतबारदेखि विद्यार्थीलाई मोडर्ना खोप लगाउन सुरु गरिने तुलसीपुर उपमहानगरपालिका जन स्वास्थय प्रवद्र्धन शाखाले जानकारी दिएको छ । १२ बर्षदेखि १७ बर्ष उम्मेर समूहका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर कोरोना बिरुद्धको मोडर्ना खोप दिइने तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

आइतबार पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडामा रहेका सामुदायिक र निजी विद्यालय गरेर १६ वटा विद्यालयमा ९ वटा खोप केन्द्र राखेर खोप लगाइने छ । १६ वटा विद्यालयमा ७ हजार ६ सय ६५ जना विद्यार्थीहरु छन् ।
त्यसैगरी सोमबारदेखि तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहैका सबै विद्यालयमा पुगेर विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप दिइने छ । उपमहानगरमा १७ बर्ष उम्मेर समूहका विद्यार्थीको संख्या २३ हजार बढी छ । स्वास्थय मापदण्ड अपनाएर बिहान ११ बजेदेखि ३ बजेसम्म खोप लगाउने कार्यक्रम रहेको छ । त्यसैगरी विद्यालयमा अध्यनरत १० बर्षमाथिका किशोरीहरुलाई आइरन चक्की दिने कार्यक्रम पनि तय गरिएको छ । रक्त अल्पत्ताबाट जोगाउन आइरन चक्की दिन लागिएको जन स्वास्थ्य प्रर्वदन शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार