काठमाडौ। साहित्यकार खेम थपलियाद्धारा लिखित टेकु हिरासत पुस्तक प्रकाशित भएको छ । नेपाली प्राज्ञिक र बौद्धिक क्षेत्रमा क्रियाशील थपलिया क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको महासचिव समेत हुनुहुन्छ । पछिल्लो समय नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको अवधिमा लेखकले राजनीतिक आस्थाका आधारमा भोगेका चुनौतीहरुको अनुभूति संगालोकाे रुपमा प्रस्तुत गरि सार्वजनिक गर्नु भएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक १९७ पृष्ठको छ । पुस्तकको मूल्य ३ सय तोकिएको छ । लेखकले पुस्तकमा पार्टी प्रतिबन्धका बेला विभिन्न सन्दर्भमा लेखेका २७ वटा लेखहरु समावेश गर्नुभएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.