गंगादेवमा भोटकिन्न पैसा बाँड्नेलाई कोठामा थुन्ने हो: चुडामणि वली ‘आदर्श’

डेली न्युजराप्ती       ३ बैशाख २०७९ ११:१३ मा प्रकाशित     614 No Comments


बैशाख ३, रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणि वली ‘आदर्श’ले गंगादेबमा चुनाव जित्नका लागि भोट किन्न पैसा बाँडेको देखे कोठामा थुनिदिने घोषणा गरेका छन् । बिगत देखिनै पैसाले भोट किन्ने बिकृति भएको बताउदै निष्पक्ष चुनावका लागि पैसा नबाँड्न भन्दै गंगादेवका जनप्रतिनिधिहरुलाई यस्तो चेतावनी दिएका हुन्।

आगामी चुनावमा आफुलाई गंगादेवको अध्यक्षमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका वलीले जनसमुदायलाई चुनाव आन्दोलनको रुपमा प्रयोग गर्न आव्हान गरेका छन् । उनले गंगादेव गाउँपालिकालाई देशकै नमुना पालिकाको रुपमा बिकाश गर्ने उद्घोष समेत गरेका छन ।
नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले भ्रष्टाचारलाई शुन्य बनाउन र सुशासन युक्त ब्यबस्था निर्माण गर्न आफुलाई रोल्पा पठाएको बताएका छन् ।

सामना सांस्कृतिक परिवारको केन्द्रीय टोलीद्वारा गंगादेवको सुखाओढारमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीयतह भ्रष्ट भएकोले त्यसको निर्मुल पार्न आफु आएको बताए ।

आदर्शको चुनावी अभियानसंगै पार्टी प्रवेश गर्नेहरुको लहर बढेको छ । सुखाओढारको कार्यक्रम बिच राप्रपा नेपाल पार्टी परित्यागगरि मन बहादुर वली नेकपामा प्रवेश गरेका थिए । यस अघि पनि विभिन्न स्थानबाट नेकपा माओबादी केन्द्र र कांग्रेसबाट पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेशको लहर अझै बढ्ने वलीले दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार