विप्लवद्वारा जनयुद्धका योद्धा रामपुराको निधनप्रति दु:ख व्यक्त

डेली न्युजराप्ती       ५ असार २०७९ १२:४० मा प्रकाशित     213 No Comments

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ निवासी रामपुरा
बुढा ‘बोहरा’ को स्वास्थ्य उपचारको लागि सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा लैजादै गर्दा यही असार ४ गते भएको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लवले शाेक वक्तव्य जारी गरी यस दुखद घडीमा रामपुराप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको शोकाकुल परिवारजनप्रति धैर्यधारणको कामनासहित समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन सरकारले लगाएको प्रतिबन्धको क्रममा २०७७ पौष १९ गते रामपुराका श्रीमान दुर्ग बहादुर बोहरा ‘दोभान’ पक्राउ परी हाल जेलमा रहेका छन् भने कमरेड रामपुरा महान जनयुद्धको योद्धा हुनुहुन्छ । एकातिर राज्यले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्वीकार गरेको छ भने अर्कातिर कर्णाली लगायत देशका दुर्गम जिल्लामा आधारभूत स्वास्थ्य सेवामा समेत
नागरिकको पहुँच नहुँदा अकालमै ज्यान गुमाउनु परेकोले यसप्रति संवेदनशील हुन सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार