अखिल(क्रान्तिकारी): माफियालाई ‘कालोमोसो’जनताका छोराछोरीलाई ‘बिधालय’

डेली न्युजराप्ती       ३० असार २०७९ १७:१२ मा प्रकाशित     1496 No Comments


हेमन्त प्रकाश वली।
असार ३०,दाङ। नेत्र विक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले एक विकट बस्तीमा आधारभुत बिधालयको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको जनाएको छ।

क्रान्तिकारीद्वारा मकवानपुर र धादिङको सिमाना स्थित बेनिघाट रोराङ गाँउपालिका वडा न. १ र २ को सिमानामा पर्ने चेपाङ-तामाङ बस्ति च्यात्रामा पहिलोपटक विद्यालय निर्माण हुदा त्यहाँका विद्यार्थि र अभिभावकमा खुसियाली छाएको छ।

राज्यको गैरकानुनी प्रतिबन्धमा नेकपाका महासचिव विप्लव केहीदिन त्यही चेपाङ-तामाङ बस्तीमा बसेका थिए। त्यहाँ बस्दा महासचिव विप्लवले उक्त समुदायमा विद्यालयको तत्काल आवश्यकता रहेको र निर्माण सम्भाव्यता अध्ययनका लागी भातृसंगठन अखिल(क्रान्तिकारी)लाई पहल गर्न निर्देशन पनि दिएको अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिश्वकर्माले  जानकारी दिएका हुन। उक्त स्थानमा चेपाङ्ग र तामाङ्ग समुदायको बसोबास रहदै आएको छ। भौगोलिक विकटताका कारण त्यहाका करिव ५२ जना विद्यालय जाने उमेरका बालबालिकाले विद्यालयको अनुहारपनी देख्न पाएका छैनन। उक्त विद्यालयलाई काठमाडौको कलंकी स्थित एल आर आई स्कुल लगाएत अन्य केही स्कुल र उक्त स्कुलका विधार्थीद्वारा अखिल(क्रान्तिकारी)को संयोजनमा विद्यालयलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेका छन।’
नेपालको विद्यार्थी राजनितिक क्षेत्रमा ऐतिहासिक काम र पहल अखिल (क्रान्तिकारी) ले गरेको र आगामी दिनमा देशका थुप्रै ठाउमा विभिन्न समस्याका कारण पढ्नबाट बन्चित कोहिपनी बालबालिका हुनुहुदैन र त्यसको अनुगमन, अनुसन्धान र पहल हाम्रो संगठनले गर्नेछ, संगठनका एक नेताले भने।’

उनले थप अघि भने– ‘देशैभरिका पढ्नबाट बन्चित भएका तमाम बालबालिकाको अभिभावकत्व हामी र हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले लिनेछ त्यसका लागी अहिलेको दलाल पुजीवादी संसदिय ब्यवस्थाको विकल्प बैज्ञानिक समाजवादको स्थापना अनिवार्य सर्त हो।’

च्यात्रा तामाङ गाउँ जहाँका करिव ५२  जना बालबालिकाहरुले विद्यालयको अनुहार देखेका छैनन् त्यहि बस्तीमा संगठनले केही समयअघि आधारभूत बिद्यालयको निर्माण कार्यलाई अगाडि बढाएको र थप ब्यबस्थित बनाउन ब्यबस्थापन समिति मार्फत रु १,०००००(एक लाख) हस्तान्तरण गरिएको संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिश्वकर्माले डेलीन्युजराप्तीलाई बताएका हुन।

आर्थिक सहयोगका साथै जनश्रमदानबाट निर्माणाधिन च्यात्रा नमुना विद्यालय मकवानपुरको उद्घाटन केहि दिनमा गरिने संगठनले जनाएको छ।

अखिल(क्रान्तिकारी)द्वारा निर्माणाधीन च्यात्रा नमुना आधारभुत बिधालय,मकवानपुर।

लामो इतिहास,त्याग,समर्पण र बलिदानको गाथा बोकेको संगठन अखिल(क्रान्तिकारी)ले शैक्षिक बिकृती,बिसंगती,राष्ट्रियता,राष्ट्रिय स्वाधीनता पक्षमा संघर्ष गर्दै आइरहेको र आफुलाइ सडक बाघको रुपमा उभ्याउदै आइरहेको छ। मालेमावादी बिचारद्वारा प्रज्वलित संगठनले कम्युनिस्टहरु धवंस मात्रै गर्दैनन निर्माणका योद्धाहरु पनि हुन भन्ने सन्देश च्यात्रा आधारभुत बिधालयले निर्माण गरेर दिएको छ।

प्रचण्ड-बाबुरामहरु संसदीय व्यवस्थामा पतन भएपछी माओवादी बिचारधारा बोक्ने संगठनहरु पनि विभिन्न कित्तामा उभिन थाले।तत्कालीन प्रचण्ड नेतृत्वबाट बिद्रोह गर्दै अखिल(क्रान्तिकारी) बैधको नेतृत्वमा हुँदै अहिले विप्लव नेतृत्वको नेकपा निकट हुन पुगेको छ।

बिद्यार्थी आन्दोलनलाई पुनर्गठन गर्दै संगठनले तमाम खालका शैक्षिक बिकृती,बिसंगती,राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि पुरानो राज्यसत्ताको आमूल परिवर्तन गरि वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको लक्ष्य लिएको छ।
पुनर्गठनदेखि नै शैक्षिक लगाएत सबै क्षेत्रका माफिया विरुद्ध आक्रामक बनेको संगठनले कुन-कुन समयमा के के गर्यो?

१) २०७३ पुस ८ गते:अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथी सर्वोच्च अदालतभित्रै कालोमोसो दलियो।

२०७३ माघ २६ गते:संगठनद्वारा दाङ स्थित पश्चिम मिड वेस्ट पोइन्ट एकेडेमीका प्रीन्सिपल वीर बहादुर घर्तीलाई सोही बिधालयमा अधयनरत छात्रामाथी दुर्ववहारको आरोपमा कालोमोसो दलेर जनकारबाही गरिएको।

२)२०७४ माघ २२गते:नारायणगढमा रहेको बालकुमारी उच्च माबीका प्र.अ.नारायण बहादुर थापालाइ बिद्यार्थीसंग चर्को शुल्क असुली गरेको,भौतिक निर्माणमा चरम लापरबाही,कर्मचारी शिक्षक नियुक्ति गर्दा आर्थिक चलखेल गरेको लगाएतका आरोपमा कालोमोसो दलियो।

३)२०७४ माघ २७:संगठन राप्ती व्युरोद्वारा दाङको कोइलाबास सिमानामा नेपालको राष्ट्रिय झण्डा गाडियो।

४)२०७४ फागुन २०:संगठनका गिरफ्तार नेता-कार्यकर्ता रिहाइको माग गर्दै गरिएको आम शैक्षिक हड्तालको उल्लंघन गरेको भन्दै सर्लाहीको हरिबन नगरपालिका ९ स्थित तदुन शिक्षा माबिको सवारी साधनमा आगजनी गरियो।

५)२०७४ चैत्र १:संगठनले दाङको घोराहीमा २१ औ ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्यो।चिरञ्जीवी ढकालको अध्यक्षतामा ५९ सदस्यीय कार्यसमिति निर्वाचित गर्यो।

६)२०७५ जेठ १ गते:हजारौं बिद्यार्थीको सहभागीतामा काठमाडौं ५४औ बिद्यार्थी दिवस भव्य रुपले मनाइयो। संगठनले धमाधम जिल्ला सम्मेलनहरु सम्पन्न गर्यो। संघर्षलाई पेचिलो बनाउदै गर्दा सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार र रिहाइको प्रक्रिया चलिरह्यो।

७)२०७५ पुस १३:सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राबिधिक शिक्षालय दाङका बिद्यार्थी सवार बस दुर्घटनामा परी मृत्यु हुनेको सम्झनामा दिप प्रज्वलन सहित शोकसभा दाङमा सम्पन्न गरियो।

८)२०७५ माघ २४:एनसेलको करछली र संगठनका तत्कालीन कोषाध्यक्ष नरेन्द्र बिकको रिहाइको माग गर्दै देशव्यापी आम शैक्षिक हड्तालको आयोजना गरियो।
९)२०७५ फागुन २८:तत्कालीन केपि वली नेतृत्वको सरकारद्वारा नेकपामाथी प्रतिबन्ध लगाइएको।साथै संगठनका गतिविधिमाथी पनि राज्यले प्रतिबन्ध लगाएको।

१०) २०७६ असार ३०:संगठनको सल्यान जिल्ला समितीद्वारा जिल्लामा “नो ट्याक्स,नो एनसेल” अभियान संचालन गरियो।

११) २०७६ श्रावण ७:संगठनले कम्युनिस्ट बिद्यार्थी अभियान-२ को उद्घाटन गर्यो।साथै उद्घाटनको अवसरमा देशभर रक्तदान,एकीकृत जनक्रान्तीका महान सहिद प्रज्वलको स्मृतिमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।

१२)२०७६ श्रावण १२:देशभर शैक्षिक माफियाबाट संचालित स्कुल र कलेजहरुमा कालो ब्यानर टासियो।

२०७६ मंसिर १२:राष्ट्रियताको पक्षमा प्रदर्शनको क्रममा तत्कालीन संगठन दाङ जिल्ला अध्यक्ष एवम राप्ती क्षेत्रीय सम्वनय समिती सदस्य अनिल केसि सहित संगठनका तत्कालीन जिल्ला सचिव खुमन पौडेललाई प्रहरी प्रशासनले गिरफ्तार गरेको।

१३)२०७६ फागुन १:प्रहरी प्रशासनद्वारा संगठनका तत्कालीन केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरियो। यसबिचमा संगठनले रिहाइ गर्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्यो।साथै कोरोना महामारीसम्बन्धि जनचेतना र रोकथामका लागि आर्थिक सहयोग,समुदाय शिक्षा कार्यक्रम लगाएत सबैप्रकारका जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरियो।

१४)२०७७ बैशाख २८:लिपुलेक,कालापानी क्षेत्र मिची भारतले सडक निर्माण गरेर राष्ट्रियतामाथी हस्तक्षेप गरेको भन्दै संगठनद्वारा ५ दिने संघर्षका कार्यक्रम घोषणा गरियो।साथै राष्ट्रियतामाथी हस्तक्षेप विरुद्ध संगठनले नेपाल भारत सिमानामा काडेतार समेत लगायो।

कोरोना माहामारीको समयमा बिधालयको मनोमानी शुल्क विरुद्ध संगठनले देशव्यापी ध्यानाकर्षण गराउदै संघर्ष अघि बढायो।संगठनले विभिन्न समयमा विभिन्न क्षेत्रमा जनश्रमदान समेत गर्यो।

१५)२०७७ मंसिर ८: जबर्जस्ती शुल्क असुल गरेको,प्रहरी लगाएर बिद्यार्थी र अभिभावकलाई गिरफ्तार गर्ने,पैसा तिर्न नसक्ने बिद्यार्थी र अभिभावकलाई कलेजको गेटमा प्रहरी तैनाथ गरेर कलेजभित्र छिर्न नदिने,प्रवेशपत्र नदिने जस्ता निकृस्ट हर्कत गरेकाले काठमाडौंको बसुन्धारा स्थित मोर्गन कलेजमाथी सांकेतिक कार्वाही गरिएको।

१६) २०७७ चैत्र १५:काठमाडौं टोखा स्थित लर्डबुद्ध कलेजमा लकडाउनमा नपढाएको शुल्क असुली गरेकाले कार्वाही गरिएको।

१७) २०७८ असार ३१:ग्रीनल्याण्ड स्थित बिधाकुन्ज सेकेन्डरी स्कुल कालो ब्यानर टासेर सांकेतिक कार्वाही गरिएको।

१८) २०७८ मंसिर ९:जाजरकोट नगरपालिका-१ स्थित बिरेन्द्र हिमालय माबिका प्र.अ. चन्द्रबहादुर केसि बिधालयमा भ्रष्टाचार र व्यथितीमा लिप्त भएकाले कालोमोसो दलेर जनकारबाही गरिएको।

१९)२०७८ भदौ ५:काठमाडौं चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसका तत्कालीन प्र.अ.विष्णुप्रसाद पन्तलाई लाखौं रकम घोटाला गरि क्याम्पसलाई धाराशायी बनाएको आरोपमा कालोमोसो दलेर जनकारबाही गरिएको।

२०)केएमसी,नोबेल,मणिपाल लगाएत मेडिकल माफिया विरुद्ध निरन्तर संघर्ष गरेको।

२१) २०७८ पुस ३०:केएमसी र नोबेल मेडिकल कलेजका संचालक डा.शुनिल शर्मालाइ संयुक्त बिद्यार्थी संगठनद्वारा मेडिकल कलेजमा मनोमानी शुल्क लिएको विरुद्ध सिंहदरबारभित्रै कालोमोसो दलेर जनकारबाही गरिएको।

२२) २०७८ माघ ९:बझाङ चिरबिथडी गाउपालिका-८ का वडा अध्यक्ष जय बहादुर मल्ल,वडा सचिव दत्तराम अवस्थीले करोडौं भ्रष्टाचार गरेकाले कालोमोसो सहित जुत्ताको माला लगाएर जनकारबाही गरिएको।

२३)२०७९ जेठ १६:मकवानपुर र धादिङको सिमानामा रहेको च्यात्रा तामाङ बस्तीमा रहेको च्यात्रा नमुना आधारभुत बिधालय निर्माण सुरु गरि निर्माणाधीन अवस्थामा रहेको र केहिदिनमा औपचारिक ढंगले हस्तान्तरण गरिने संगठनद्वारा जानकारी गराइएको।

२४)२०७९ असार १७:पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाइ कार्यक्षमै कालोमोसो दलेर कारवाही गरिएको।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार