काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल फुटेको छ। सो पार्टीसंग सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चा गठन भएको छ, जसको संयोजकमा आशिष र प्रवत्तामा सर्व श्रेष्ठ रहेका छन । आहुति नेतृत्वको उक्त पार्टीलाई प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरुमा मात्र सिमित भएकोले उक्त पार्टीसंग सम्बन्ध बिच्छेद गरि वैज्ञानिक समाजवादी मोर्चा नेपाल गठन गरेको संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले संयुक्त बिज्ञप्तिमार्फत जानकारी दिएका छन।
बैज्ञानिक समाजवादी मोर्चाका संयोजक आशिष र प्रवक्ता सर्व श्रेष्ठले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल विच्छेद गर्नका कारणहरुमा राजनैतिक , वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै गएको , जनयुद्धको भावना विपरित जानु र अपमान गर्नु रहेको , संघीयताप्रतिको दृष्टिकोण बदल्दै जानु र प्रदेशहरु खारेज गर्दै जानु र पार्टीलाई गुटगत रुपमा सञ्चालन गर्नु रहेको जनाएका छन।
साथै संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले तसर्थ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालसित सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चाको गठन गरेको र बैज्ञानिक समाजवादी मोर्चामा न्यायप्रेमी जनतालाई गोलबद्ध भई क्रान्तिको कार्यभार पूरा गर्न आव्हान गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.