हामी संसदीय व्यवस्थाको सत्तामा जाँदैनौं: विप्लव

डेली न्युजराप्ती       ३ श्रावण २०७९ २१:३४ मा प्रकाशित     226 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लवले नेकपा र क्रान्तिलाई असफल पार्न विभिन्न जालझेल र षड्यन्त्र भएको ठोकुवा गर्दै जनताको हातमा सत्ता ल्याएरै छाड्ने उद्घोष गरेका छन । नेपाल कम्युनिस्ट पार्टी ललितपुरकाे जिल्ला स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिब विप्लवले सो कुरा बताएका हुन् ।
महासचिब विप्लवले लुटेरा दलाल ठगहरुले जनतालाई विभिन्न तरिकाले ठगिरहेको भन्दै जनतालाई सत्य कुरा बोलेर विश्वास दिलाउँदै क्रान्तिमा लाग्न प्रेरित गर्न नेता कर्यक्रतालाई निर्देशन समेत दिएका छन । उनले आफ्नो पार्टी जनताको बिचमा लोकप्रिय हुँदै गएको भन्दै जनताहरू आफ्ना समस्या र मुद्दाहरू ल्याएर आउने क्रम बढिरहेको बताउदै असोज १-८ सम्म काठमाण्डौमा हुने पार्टीको राष्ट्रिय महाधिवेशन भव्यरूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण नेता कर्यक्रतालाई व्यापक तयारी गर्न र भ्रष्टाचार, एमसीसी, मानव तस्कर, माफियाका विरुद्ध लड्न र श्रमसिल तथा उत्पादनशील पार्टी बनाउन निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार