हेमन्तप्रकाश वली ।
जेठ १३,घोराही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले घोराही-१८ को बयलडाँडा चौतारी क्लबसंगै बिहानीको ‘मर्निङ वाक’ गर्नुभएको छ ।
मंगलबार विप्लवसंगै क्लबका अध्यक्ष नारायण भुषाल सहितका पदाधिकारीहरुले अम्बिकेश्वरी मन्दिरदेखि बयलडाँडासम्म बिहानिको हिडाईमा सहभागी भएका हुन्।
‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ’ ! ‘युवा भनेको शक्ति हो रातो रगत उमाल्ने’ लगाएतका क्रान्तिकारी तथा देशभक्त गितहरुको गुञ्जनमा काँधमा ढुँगा बोकेर महासचिव विप्लव सी सहित पार्टीका स्थायी समितिका सदस्य सन्तोष सी , क्लबका सदस्यहरु , पार्टीका नेताकार्यकर्ताहरुको साथमा भएको बिहानको हिडाई बयलडाँडामा पुगेर समापन गरिएको थियो ।
क्लबले महासचिव विप्लव सी , स्थायी समिती सदस्य सन्तोष सी , नेकपाका केन्द्रीय सदस्यहरुलाई मायाको चिनो सहित सम्मान गरेको थियो ।
बयलडाँडा चौतारी क्लबलाई धन्यवाद दिँदै महासचिव विप्लवले भने– ‘नेपाली जनताको तिर्खा , चाहना देशलाई बयलडाँडा जस्तै बनाउने छ । जनताको चाहना मुलुकलाई संसारभरिका मान्छे आएर रमाउने ठाउँ बनाउने हो तर अहिलेपनी आकाशको कालो बादल फाटेको छैन् । युवायुवतीहरुले जसले देशलाई माया गर्छन् देशमै बस्ने वातावरण बनेको छैन् । बिहानीपख हातमा एउटा ढुँगा उठाएर चौतारी बनाएर सबै दंगालीलाई बसाउने सपनाले छोएको छ । सबै नेपालीमा देशलाई निर्माण गर्ने सदबुद्धी पलायो भने मुलुक निर्माण गर्न सकिन्छ । ढंगा मात्रै होइन् , हाम्रो पार्टीले बृक्षारोपण गर्ने चाहना छ । सपना टुट्न दिनु हुँदैन , सपना टुट्यो भने जीवन टुट्छ , देश टुट्छ ।’
यस्तै मर्निङ वाकपछिको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष नारायण भुषालले कोभिडको विषम परिस्थितिमा योग र साधनाका लागि कठिनाई भइरहेका बेला यो ठाउँ उपयुक्त रहेकाले बयलडाँडाको विकासका लागि लागिपरेको बताउनुभयो ।
उहाँले बयलडाँडालाई पलास्टिक रहित क्षेत्र निर्माण गरिएको , पानीको व्यवस्थापन गरिएको , बृक्षारोपण गर्ने गरिएको बताउँदै बयलडाँडाको विकासका लागि सबैको सहयोग चाहिएको बताउनुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.