ललितपुर । चुनाव खारेजको कार्यनीति लिएर देशैभरी भण्डाफोरसभा सहित जनपरिचालन र प्रचारात्मक संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर सेक्रेटरी महेश बज्राचार्य पक्राउ परेका छन ।
शान्ति सुरक्षाको नाममा धरपकड, गिरफ्तारी र खानतलासी गर्दै त्रास र भयको बाताबरण बिच मङ्सिर ४ गते हुन लागेको चुनावको पुर्वसन्ध्यामा आज दिउँसो ३ बजे बज्राचार्यलाई ललितपुरको मङ्गलबजारबाट गिरफ्तार गरिएको जानकारी प्राप्त भएको छ ।
मङ्गलबजार बाट पक्राउ परेका बज्राचार्यलाई कहाँ लिइयो र के कारणले पक्राउ गरियो भन्ने बारे उनका परिवारलाई समेत थाहा दिइएको छैन ।
चुनाव जस्तो नितान्त लोकतान्त्रिक कार्यमा जनताको व्यापक सहभागिता र उल्लासमय बाताबरण हुनु पर्नेमा धरपकड र गिरफ्तारी बढ्दै जानु भनेको राज्यको गैरजिम्मेवारीपन र हतोत्साहित मानसिकताको उपज हो भन्दै सचेत नागरिकहरुले धरपकड र गिरफ्तारीको आलोचना गरेका छन ।
बज्राचार्यका आफन्तहरुले के कति कारणले उनलाई पक्राउ गरिएको हो भन्ने बारे पक्राउ पुर्जि दिएर मात्रै थुन्न पाइन्छ तर राज्यले यसरी पक्राउ गर्नु भनेको गैरकानुनी समेत हो भन्दै चिन्ता व्यक्त गरेका छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.