हेमन्तप्रकाश वली ।
असार ३२,तुलसीपुर । जनपत्रकार संगठन नेपालको उपाध्यक्ष जानकी चौधरीकि दिवंगत आमा झुपी चौधरीको स्मृतिमा बृक्षारोपण गरिएको छ ।
बुधबार तुलसीपुर-८ कटकुँइया स्थित दिवंगत आमाको आँफ्नै निवास परिषरमा फल , फुल र जडिबुटीका बिरुवाहरु रोपिएको हो ।
सी संस्कार अनुसार मृतकको स्मृतिमा बृक्षारोपण गर्ने गरिन्छ ।
बृक्षारोपण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका जवस/मोर्चा फ्र्याक्सन इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुरका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य युगिन सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य रुद्र सी , भुवन सी , धर्ती सी , पार्टीका नेताकार्यकर्ता लगाएत मृतकका आफन्तजन , परिवार , इष्टमित्रहरुको उपस्थिति रहेको थियो ।
आमा झुपी चौधरीको असार ३० गते बेलुका ७ बजे दुखद निधन भएको थियो ।
सी संस्कृति अनुसार पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतिमा बृक्षारोपण गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिब , असहाय , अशक्त , बृद्धबृद्धालाई खाद्यान्न , लत्ताकपडा र फलफुल वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र अन्तिममा पाँचौ दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली सभा गर्ने गरिएको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर सेक्रेटरी रुद्र सीले जानकारी दिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.