काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ । यसैक्रममा सो पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा मंसिर ५ गते पत्रकार सम्मेलन ,मङ्सिर ६ गते मोटरसाइकल र्याली , मङ्सिर ७ गते बेलुका ५:३० बजे देशब्यापीरुपमा दिपावली गर्ने बताइएको छ भने मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा भब्य जनसभा गर्ने जनाएको छ । सो पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्ष गरौँ , नेपाली विशेषताको समाजवाद स्थापना गरौ भन्ने मूल नाराका साथ हुन लागेको उक्त जनसभाको मुख्य वक्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रहने छन् ।
मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा काठमाडौँको भृकुटीमण्डपमा हुने भब्य जनसभामा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र भब्य जनसभा अघि सुन्धाराबाट बिहान ११: ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जूलूस प्रदर्शन हुने बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.