वैदेशिक हस्तक्षेप विरुद्ध लड्न देशभक्तहरुको बृहत मोर्चा आवश्यक:शिलु

डेली न्युजराप्ती       ८ श्रावण २०७९ १५:०९ मा प्रकाशित     150 No Comments


कास्की। नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य तथा कास्की – गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल(शिलु)ले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको खतरा विरुद्ध लड्न र हाम्रो स्वतन्त्रता तथा सार्वभौम सत्ताको रक्षाका लागि देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरुको मोर्चा निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छ्न। पार्टीको २४ औ वैठकमा जिल्ला कमिटी सदस्यहरुलाई प्रशिक्षण दिदै नेतृ शिलुले यस्तो बताएकी हुन।

शनिबार कास्कीको विद्यास्थल नारायण कयाम्पसमा भएको वैठकमा वोल्दै केन्द्रिय सदस्य भुजेलले भनिन– ‘देशमाथी निरन्तर विदेशी हस्ताक्षप बढिरहेको छ, भ्रस्टाचार,महङ्गी र बेरोजगार वढिरहेको छ, संसदवादीहरु सत्ता र शक्तिको भागवण्डा र लुटमा तल्लिन छ्न , उनिहरुलाई देश र जनता प्रती कुनै मतलब छैन, यो समग्र स्थितीबाट निकास खोज्न हामिले बैज्ञानिक समाजबादको कार्यक्रम आगाडी सारेका छौ र त्यसका लागि लडिपनि रहेका छौ। उनले भनिन ‘यो ऐतिहासिक दायित्वलाई पूरा गर्न हामिले जुन पहल लिदै थियौ , यसलाई बुझ्न नसकेर कञ्चन सुदर्शनहरु अलग हुनु भएको छ। यसले क्रान्तिकारीहरुलाई उत्साहित गर्ने भन्दा निरासा नै बनाउछ।’

नेपाल कम्युनिस्ट पार्टी कास्कीको शनिबार सम्पन्न बैठकमा जिल्ला सल्लाहकार पुस्प र किसानको समेत सहभागिता रहेको थियो भने वैठकको अध्यक्षता र सञ्चालन जिल्ला सेक्रेटरी काजि गुरुङले गर्दै पार्टी केन्द्रिय समितिको सर्कुलर समेत वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार