दाङमा राष्ट्रघाती एमसिसी विरुद्ध विप्लव नेतृत्व सहितका संयुक्त किसान संगठनहरुद्वारा प्रदर्शन

डेली न्युजराप्ती       २ चैत्र २०७८ १५:४८ मा प्रकाशित     306 No Comments


न्यूजराप्ती। चैत्र २, तुलसीपुर। दाङमा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट पारित भएको विरुद्ध आज बुधवार प्रदर्शन भएको छ।
दाङको लमहीमा विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) सहित राष्ट्रघाती एमसिसी विरुद्धमा आन्दोलनरत दल-मोर्चा निकटका किसान संगठनहरुको संयुक्त संघर्ष समितिको आयोजनामा एमसिसीको बिरोधमा प्रदर्शन सहित सभा सम्पन्न भएको हो। बिरोध सभालाइ संयुक्त संघर्ष समितिका नेताहरुले सम्बोधन गरेका थिए।

बिरोध सभालाइ सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष पन्चाराम नेपालीले राष्ट्रघाती एमसिसी सम्झौताले नेपालको राष्ट्रियता,राष्ट्रिय स्वाधीनतामा गम्भीर खलल पुर्याउने काम गरेको बताएका थिए। उनले केही अर्वको लोभमा राष्ट्रलाइ कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने उद्घोष गरेका थिए।
कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेपालीले जनताको तागतमा एमसिसी कुनैपनी हालतमा लागू हुन नदिने चेतावनी दिएका थिए। इतिहासमा कसैको गुलाम नबनेको देशलाइ अमेरिकी साम्राज्यवादको उपनिवेश बनाउने सपना देखेका बिदेशी दलालहरुलाइ जनताले हिसाबकिताब गर्ने समेत उनको चेतावनी थियो। एमसिसीलाई निसर्त खारेज गर्नुनै उत्तम हुने भन्दै उनले जबर्जस्त नेपाली जनताको टाउको एमसिसी लाद्न खोजे भयंकर ठूलो बिद्रोह हुने चेतावनी समेत दिएका थिए।
सभालाइ नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल भुमिहिन किसान संगठन लुम्बिनी प्रदेश संयोजक तिलक बिक र नेकपा(मसाल) निकट अखिल नेपाल किसान महासंघ दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेलले सम्बोधन गरेका थिए।
राष्ट्रघाती एमसिसि सम्झौता विरुद्ध आयोजित बिरोध सभाको सहजीकरण अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङ जिल्ला सचीव बिष्णु सुबेदीले गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार