फागुन १७, जाजरकोट/नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले आफ्नो जाजरकोट जिल्ला इन्चार्ज पैरख सहित ४ जनालाई बिनाकारण मङ्गलवार राती प्रहरीले पक्राउ गरेकाे प्रति गम्भीर आपत्ति जनाउँदै रिहाइको माग गरेको छ ।
दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले बिनाकारण जाजरकोट जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य पाैरख सी, सेक्रेटरी विराजन सी, पत्रकार कर्ण बस्याल र दिपेन्द्र सिंहलाई प्रहरीले गैरकानुनी तरिकाले गिरप्तार गरिएकोमा गम्भीर आपत्ति जनाउँदै रिहाइको माग गरेका हुन ।
ब्युरो इन्चार्ज संगमले जनपत्रिकासँग कुरा गर्दै प्रहरी प्रशासनले गरेको याे कार्य परिवर्तनको पक्षमा लडिरहेको पार्टीलाई सह्य नहुने बताएका छन ।
महंगी, चर्को ब्याजदर, मिटर ब्याजी, कालोबजारी, लुघवित्तीय संस्थाको चर्को शाेषण विरूद्व नेकपाले संघर्ष गरिरहेको छ भने मंगलबार मात्र जनताले लघुवित्तीय संस्थाका एक कर्मचारीमाथि जनताले जनकार्वाहीलाई गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.