काठमाडौँ — सर्वोच्च अदातलले गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि अब उनि पदच्युत हुने भएका छन।
नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्छ । उनको नागरिकता नै नरहेको भन्ने भएपछि उनको मन्त्री पद स्वत जाने भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछाने पदच्युत भएका हुन् ।
अमेरिकाको नागरिकता र पासपोर्ट परित्याग गरेपनि लामिछानेले नेपालमा नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका हुन् ।
सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।
लामिछानेले बुझाए उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा:
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्।
लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।
सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुन: प्रक्रिया पुर्याएर नागरिकता लिनुपर्नेछ ।
लामिछानेले काभ्रेपलाञ्चोकबाट विगतमा नागरिकता लिएका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.