संसदबाट एमसिसी अनुमोदन गर्नेहरु गाउँ प्रवेश गर्न पाइदैन: शितल

डेली न्युजराप्ती       २१ फाल्गुन २०७८ १९:२७ मा प्रकाशित     402 No Comments


फागुन २१, दाङ। नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले संसदबाट एमसिसी अनुमोदन गर्नेहरु गाउँ प्रवेश गर्न नपाइने बताउनुभएको छ। नेता शितलले आज शनिबार दाङको तुलसीपुरमा आयोजित महान जनयुद्धको २७औ बार्सिकोत्सबको अवसरमा सहिद,वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन कार्यक्रमलाइ सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। उहाले राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपनी सडकबाट खारेज गरेरै छाड्ने जिकिर समेत गर्नुभएको हो।

उहाले जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुका सपना एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। नेता शितलले उत्पीडित बर्गको मुक्ती नै सहिदहरुको सपना भएकाले उत्पीडित बर्गको मुक्ती नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएकाले वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु एकीकृत जनक्रान्ती कार्यदिशा लिएर अघि बढेको बताउनुभएको थियो। जनयुद्धको लक्ष्य राजतन्त्रको अन्त्य,संसदीय व्यवस्थाको खारेजी र जनबादी राज्यसत्ता स्थापना गर्नु थियो तर नेतृत्वमा आएको बैचारिक बिचलन र भारतीय साम्राज्यवाद र अमेरिकी उत्तर साम्राज्यवादसंग आत्मसमर्पण गर्दा अल्पत्र पारियो,नेता शितलले भन्नुभयो।”

सहिद परिवारलाई भुलेर प्रचण्डको सती जान नसकेको बताउदै नेता शितलले प्रचण्डको नेतृत्वबाट सहिदहरुका सपना पूरा हुने सम्भव नभएपछि बिद्रोह गरेको उद्घोष गर्नुभएको हो। जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुका सपना साकार नपार्दासम्म यात्रा नरोक्ने शितलको भनाइ थियो।
नेता शितलले प्रचण्ड अमेरिकी साम्राज्यवादका सच्चा मित्र भएको बताउनुभएको थियो। उहाले भन्नुभयो,” राष्ट्रघाती एमसिसी संसदबाट अनुमोदन गराउने देउवा राष्ट्रघाती मात्रै नभएर जन अपराधी समेत हुन। राष्ट्रघाती एमसिसी सम्झौताका पक्षमा उभिने प्रचण्ड माधव लगाएत प्रतिपक्षमा उभिएको नाटक गरेर सत्तामा भएको भए एमसिसी पास गर्ने सोचाइमा रहेका केपिहरु सबै राष्ट्रघाती हुन।”
अभिनन्दन कार्यक्रममा १२० जना सहिद,बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन गरिएको थियो।

नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सुन्दर,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती,नेकपा बबई गाउपालिका इन्चार्ज प्रतिरोध,राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर रोका,युवा संगठन नेपालका केन्द्रीय सदस्य जिबनी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय,अखिल नेपाल महिला संघ क्रान्तिकारीका दाङ जिल्ला संयोजक रेखा रोका,जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त,गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष बिबेक,सहिद परिवारका तर्फबाट सीता,एकीकृत जनक्रान्तीका सहिद महानकि पत्नी एवम मगर मुक्ती मोर्चाका केन्द्रिय सदस्य मालती राणा,नेकपा दाङ जिल्ला कमिटीका सदस्यहरुपोषण,शिव,बिजय,खड्क बहादुर,रोदन,कमला रोका,भरत,शुदर्शन,इश्वरीको आतिथ्य रहेको थियो।
नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाशको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला सदस्य राजकुमारले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार