अहिलेका सत्ताधारीहरुले नेपाल आमालाई बेचेर खाने सोचिरहेका छन् : नेता शितल

डेली न्युजराप्ती       ३ जेष्ठ २०८० २०:३६ मा प्रकाशित     163 No Comments

जेष्ठ ३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीले अहिलेका सत्ताधारीहरुले नेपाल आमालाइ बेचेर खाने सोचिरहेको बताएका छन् ।
बुधबार नेकपा पश्चिम दाङका जनवर्गीय संगठन / मोर्चाहरुको संयुक्त प्रथम भेलालाइ सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताएका हुन् ।

भेलालाइ सम्बोधन गर्दै नेता शितलले भने – ‘नेपालमा वैज्ञानिक समाजवाद नै आजको एकमात्र विकल्प हो । संसदीय व्यवस्था र यसका संचालकहरुले देशलाइ खाल्डोमा हालिरहेका छन् । अहिलेका सत्ताधारीहरुले नेपाल आमालाइ समेत बेचेर खाने सोचिरहेका छन् ।’

नेता शितलले साम्राज्यवादको हातमा देश जान थालेको बताए । उनले भने ‘वर्गदुस्मनले हामिलाइ दुई बर्ष प्रतिबन्धित गर्यो । हामिले क्रान्ती गर्ने होइन भने देश डुब्छ । हाम्रो पार्टी यो देशमा छैन भन्ने बर्गदुस्मनले थाहा पाए भने यो देश डुबाउछन । अब मुलुक साम्राज्यवादिहरुको हातमा जादैछ । हामीलाइ साम्राज्यवादि हस्तक्षेपका विरुद्ध देश डुब्न दिनुभन्दा मृत्यु स्विकार्य छ । हामी देशलाइ साम्राज्यवादको हातमा सुम्पिने दलाल पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध निर्मम भएर लड्छौं ।’

कुल जनसंख्याको एक तिहाई नेपाली बिदेशमा छन । उनले थपे, ‘हामी नेपाली र हाम्रो देश यतिबेला अत्यन्त अप्ठ्यारोमा परेको छ । यो अप्ठ्यारो फुकाउन हाम्रो पार्टी छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अक्षम्य अपराध सत्ताको बागडोर सम्हालेका शासकहरुले गरिरहेका छन् । लाज पचाएर यो व्यवस्था र यसका संचालकहरु हालिमुहालि गरेका छन् यसको प्रतिरोध अब नेकपाले गर्छ त्यसमा जनताको साथ चाहिन्छ ।’

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले अबपनि माओवादी केन्द्र साम्राज्यवादले सिध्याउने ठोकुवा गरेका थिए । उनले भने , ‘माओवादी पनि यहीँ संसदीय दलदलमा फसिरहने हो भने अबको दुई बर्षको समयमा साम्राज्यवादले सिध्याउछ । साम्राज्यवादले माओवादी सिध्याउने रणनीति अगाडी बढाएको छ ।
नेता शितलले संसदीय व्यवस्था र यसका शासकहरुलाई धुलोमा मिलाइदिनुपर्ने समय आएको बताएका थिए ।

जनवर्गीय संगठन / मोर्चाहरुको संयुक्त भेलाले अखिल नेपाल किसान महासंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा खिम बहादुर सीलाइ निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा टेक बहादुर (भुवन) सी , सचिवमा बालकृष्ण सी , सह-सचिवमा धना सी र कोषाध्यक्षमा गोबिन्द सी निर्वाचित भएका छन् । सदस्यहरुमा डम्बर सी , खेमलाल सी , खुशलाल सी , मैना सी , राम बहादुर सी , केशर सी , टेक बहादुर सी र शंकर सीसहित १३ सदस्यीय जिल्ला समिती निर्वाचित गरिएको हो ।

यस्तै भेलाले भिम प्रकाश (संकल्प) सीको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पश्चिम दाङ जिल्ला सम्मेलन आयोजक समिती निर्वाचित गरेको छ । जसको सदस्यहरुमा सुन्दर सी , ओपेन्द्र सी , गर्जन सी , प्रेम सी , तारा सी , विपन सी , भुम बहादुर सी रहेका छन् ।

यस्तै आज सम्पन्न संयुक्त जवस/मोर्चाहरुको भेलाले दिल बहादुर सीलाई अध्यक्ष निर्वाचित गर्दै १३ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल पश्चिम दाङ जिल्ला समिती निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा डम्बर सी , सचिवमा बिष्णु सी , सह-सचिवमा देबराज सी , कोषाध्यक्षमा ओम प्रकाश सी रहेका छन् । सदस्यहरुमा दल बहादुर सी , मानसिंह सी , अतिराम सी , शोभाराम सी , लिला सी , नम बहादुर सी , भिम बहादुर सी निर्वाचित भएका हुन् ।

यस्तै भेलामा श्रमिक समुदाय मोर्चा नेपाल बबई गाउँपालिका समिती घोषणा गरिएको छ । दल बहादुर सीको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका समिती निर्वाचित गरिएको नेकपाले जनाएको छ । जसको उपाध्यक्षमा प्रेम बहादुर सी , सचिवमा लिला सी , कोषाध्यक्षमा भिम सी र सदस्यहरुमा टोप बहादुर सी , नेत्रलाल सी , हरि कुमारी सी , मोति सी , भुपलाल सी र ओम वीर सिंह रहेका छन् ।

नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिम दाङका सचिव निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अखिल नेपाल किसान महासंघ क्रान्तिकारी राप्ती ब्युरो इन्चार्ज बिजय सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , नेकपा तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , नेकपा शान्तिनगर गाउँपालिका इन्चार्ज सुधार सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , नेकपा पश्चिम दाङका सचिवालय सदस्य भरत सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य खड्क सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य अरुणा सी , युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला अध्यक्ष आकाश सी , नेकपा पश्चिम दाङका सल्लाहकार शुरेस सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य भिम सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिनेश सीको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अखिल नेपाल किसान महासंघ क्रान्तिकारी राप्ती ब्युरो इन्चार्ज बिजय सी , नेकपा तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , नेकपा शान्तिनगर गाउँपालिका इन्चार्ज सुधार सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य भिम सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिनेश सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी लगाएतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिम दाङका सचिव निर्मल सीले संयुक्त भेलामा प्यानल प्रस्तुत गरेका थिए ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्ष खिम बहादुर सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य सिबेन्द्र सीले गरेका थिए भने कार्यक्रमको संचालन श्रमिक समुदाय मोर्चा नेपाल पश्चिम दाङका अध्यक्ष दिल बहादुर सीले गरेका थिए ।

जनवर्गीय संगठन /मोर्चाहरुको प्रथम भेला आयोजक समितीको आयोजनामा आयोजित भेलामा सामना परिवारकि विपना सीले विभिन्न जनवादी नृत्यहरु प्रस्तुत गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार