ईप्रका गढवामा महिला प्रहरी प्रमुख केसीद्वारा परिचयात्मक कार्यक्रम

डेली न्युजराप्ती       ८ बैशाख २०७९ २१:०१ मा प्रकाशित     263 No Comments


दाङ । देउखुरीको गढवा ईलाका प्रहरी कार्यालयमा हालै सरुवा भएर आउनुभएकी महिला प्रहरी प्रमुख रञ्जु केसीलाई परिचयात्मक कार्यक्रम मार्फत स्वागत गरिएको छ । बिहिवार इलाका प्रहरी कार्यालय गढवाले आयोजना गरेको परिचयात्मक कार्यक्रम मार्फत नयाँ प्रहरी प्रमुख केसीलाई स्थानीय जनप्रतिनीधी,संघसंस्था र सामाजीक अभियन्ताहरुद्धारा स्वागत गरिएको हो । जिल्लाकै पुरानो सुरक्षा निकायको रुपमा रहेको इलाका प्रहरी कार्यालय गढवामा पहिलो पटक महिला प्रमुख बनेर आएकोमा स्थानीयहरुले कार्यक्रममा खुसी प्रकट गरेका छन। महिला नेतृत्वमा इमान्दारीता र लगनशिलता हुने भन्दै कार्यक्षेत्रभित्र नागरिक–प्रहरी साझेदारी अन्तर्गत शान्ती सुरक्षा र अमन चैन कायम गर्न प्रहरी प्रमुखको समन्वयात्मक भूमिका हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका हुन् ।

कार्यक्रममा उपस्थित जनप्रतिनीधी र संघसंस्थाका प्रतिनीधीहरुले गढवा र राजपुर कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालयको कार्यक्षेत्रमा काम गर्न बिभिन्न चुनौतिहरु रहेको भन्दै हरेक चुनौतिहरुमा समन्वय सहकार्य रहने बताएका छन् । परिचयात्मक कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी,वडा अध्यक्षहरु बालचन्द्र ठकूरी हमाल,तुल्सीराम अधिकारी,भक्तु चौधरी,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,नेपाली काँग्रेसका पुर्व क्षेत्रिय सभापति अनुराग यादव,नवस्वर्गद्धारी सहकारीका अध्यक्ष रेखा थापा,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक र गढवा खानेपानी संस्थाका अध्यक्ष लेखबहादुर थापा लगाएतले नयाँ प्रहरी प्रमुखलाई सुझाव राख्दै सफल कार्यकालका लागि स्वागत समेत गरेका हुन ।

आसन्न स्थानीय निर्वाचनलाई सफल पार्न,शान्ती सुरक्षालाई मजबुत बनाउन,नियमित गस्ति बढाउन,राप्तीपुल र महदेवा पुलमा अस्थायी प्रहरी बिट राख्न,काठपात तथा बन्यजन्तुको चोरी निकासी र चोरी तष्करी नियन्त्रण गर्न र नागरिक प्रहरी मैत्री अभियानमा समन्वय र सहकार्यका माध्यमबाट शुरक्षाको नेतृत्व गर्न स्थानीयहरुले प्रहरी प्रमुखलाई केसीलाई सुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार