राजपुरमा नेकपा निकट अखिल(क्रान्तिकारी) र अनेमसंघ क्रान्तिकारीको भेला सम्पन्न

डेली न्युजराप्ती       २ पुष २०७८ २०:४६ मा प्रकाशित     612 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) र अनेमसंघ क्रान्तिकारीको संयुक्त आयोजनामा दाङको राजपुरमा भेला सम्पन्न भएको छ।
संयुक्त भेलाले सुस्मा परियारको अध्यक्षतामा १३ सदस्यीय अनेरास्ववियु(क्रान्तिकारी) राजपुर गाउकमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा सरोज चौधरी,सचिवमा शंकर यादव,सह-सचिवमा बर्षा बुढाथोकी र कोषाध्यक्षमा आशिष यादव चयन भएका हुन।
यस्तै भेलाले भुमा महराको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ क्रान्तिकारी राजपुर गाउकमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा गिता यादव,सचिवमा साबित्रा बिक र कोषाध्यक्षमा सुनपती हरिजन चयन भएको नेकपा राजपुरले जनाएको छ।
नेकपा बिशेष कमिटी सदस्य सम्झनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा राजपुर गाउकमिटी इन्चार्ज उज्वल,नेकपा गढवा इन्चार्ज महान,अखिल(क्रान्तिकारी)का केन्द्रीय समिती सदस्य एवम दाङका इन्चार्ज अमर,मधेसी मुक्ती मोर्चा नेपाल दाङका संयोजक शुर्य यादव,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य भिम बहादुर बुढाथोकी,नेकपा दाङ जिल्ला सदस्य द्वय हरिप्रसाद,रामप्रसाद,अखिल(क्रान्तिकारी) दाङका सचिवालय सदस्य रबिन,अखिल(क्रान्तिकारी) गढवा गाउपालिका अध्यक्ष स्नेहाको आतिथ्य रहेको थियो।

अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला सदस्य भुमा महराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी)दाङ जिल्ला सदस्य समताले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार