नेकपाका महासचिव विप्लव तुलसीपुर आउँदै , आज साँझ ५ बजे पत्रकारसंग भेटघाट गर्ने

डेली न्युजराप्ती       २७ कार्तिक २०८० ०९:५४ मा प्रकाशित     165 No Comments

कार्तिक २७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लव सी तुलसीपुर आउने भएका छन्।

आज साँझ पार्टीका महासचिव विप्लवब, प्रवक्ता प्रकाण्ड सहित पार्टीका केन्द्रीय नेताहरु तुलसीपुर आउने भएका हुन् ।

जाजरकोट र रुकुममा भुकम्प पीडितहरुलाई राहात वितरण गरि फर्किने क्रममा पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड सहितका केन्द्रीय नेताहरु आज साँझ तुलसीपुरको रिपोर्टस क्लबमा पत्रकारसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले बताए ।

इन्चार्ज प्रदिपले जाजरकोट र रुकुममा भुकम्प पिडितलाई पार्टीको तर्फबाट करोड बराबरको राहत हस्तान्तरण गरि फर्किरहेको र साँझ ५ बजे भुकम्प पीडितका लागि राहात , उद्दार , जनसेवा लगाएतका विषयमा पत्रकार भेटघाट गर्ने कार्यक्रम रहेको बताए ।

यस्तै पत्रकार भेटघाट कार्यक्रममा गरिमामय उपस्थितिका लागि नेकपाले जिल्लामा क्रीयासिल सबै पत्रकारलाई हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार