तुलसीपुरमा विप्लवका कार्यकर्ताहरुले धान भित्र्याउन थाले

डेली न्युजराप्ती       १३ कार्तिक २०८० २२:४२ मा प्रकाशित     68 No Comments

कार्तिक १३ , तुलसीपुर । दाङको तुलसीपुरमा नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुले धान भित्र्याउने कार्य सुरु गरेको छन् ।

पार्टीको आत्मनिर्भर बन्ने नीति अन्तर्गत तुलसीपुर स्थित कन्ज्वारमा करिव डेढ बिगाहा जमिनमा पार्टीले लगाएको धानबाली भित्र्याउन थालेको नेकपाले जानकारी दिएको छ ।

सोमबारदेखि धान भित्र्याउने कार्य सुरु गरेको नेकपाले जनाएको छ ।

नेकपाले आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता र कार्यकर्ताको नीति अनुसार देशभर उत्पादनको कार्य गरिरहेको छ । जसअनुसार केन्द्रीय उत्पादन विभाग,व्यूरो र जिल्ला तहमा विभिन्न उत्पादन टिम बनाएर धान उत्पादनको कार्य गरिरहेको छ ।

नेकपा पश्चिम दाङले पनि तुलसीपुरमा मकै खेती , धान खेती लगाएत अन्य कृषि उत्पादनको कार्यलाइ व्यवस्थित ढंगले अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार