हेमन्त वली श्रावण-३१,दाङ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको जिल्ला सम्मेलन आयोजक समितिको प्रथम पुर्ण बैठक तुलसीपुरमा सम्पन्न भएको छ।
शनिबार बिहान महासंघको प्रथम जिल्ला भेला लगत्तै बसेको प्रथम बैठकले महत्वपूर्ण निर्णय गरेको छ।
प्रथम पुर्ण बैठकमा नेकपा तुलसिपुर नगर इन्चार्ज बिकाश,गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य तथा राप्ती व्युरो इन्चार्ज अर्जुन,महासंघका केन्द्रीय सदस्य द्वय कमल,रुद्र साथै जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त,युवा नेता तथा करातेका राष्ट्रिय प्रशिक्षक बिरेन्द्रको आतिथ्य रहेको थियो।
बैठकमा महासंघका केन्द्रीय सदस्य तथा राप्ती व्युरो इन्चार्ज अर्जुनले दलाल संसदीय व्यवस्थाले खेलाडीको हकहित र अधिकार रक्षा गर्न नसक्ने बताए।उनले खेलाडीको हकहित अधिकार रक्षा गर्न र खेल क्षेत्रका बिकृती बिसंगतिका विरुद्ध संघर्ष गर्न महासंघको गठन गरिएको बताए।
बैठकमा मन्तव्य राख्दै नेकपा तुलसिपुर नगर इन्चार्ज बिकाशले दलाल राज्यसत्ताको दलालिकरणका कारण नेपाली खेलाडिहरु आफ्नै भुमीमा खेल खेल्न छाडेर बिदेशी भुमिमा बिदेशिको लागि खेल्न बाध्य भएको बताए।
देशको लागि मेडल जित्ने खेलाडिहरुको संरक्षण गर्न नसकेको भन्दै नेता बिकाशले यो सत्ताको विकल्पमा जनताको वैज्ञानिक समाजवादि सत्ता स्थापना गर्नुको विकल्प नरहेको बताए। नेता बिकाशले खेलकुद क्षेत्रबाट वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउन महासंघको सक्रियता महत्वपूर्ण रहेको धारणा राखे।
प्रथम बैठकले अन्य खेलाडिहरु संग छलफल गर्दै महासंघमा ध्रुबिकृत गर्ने,अन्तर्क्रीया गर्ने,खेलाडीको हकहित र अधिकार प्राप्तिका लागि संघर्ष गर्ने निर्णय गरेको छ।बैठकको अध्यक्षता तथा संचालन महासंघका जिल्ला सम्मेलन आयोजक समितीका संयोजक बिबेकले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.