धर्मेन्द्र-सुदर्शन समुह परित्याग गर्दै नेता गुरुङले भने ‘बहुमतले क्रान्ती पूरा गर्न सक्दैन’

डेली न्युजराप्ती       २३ माघ २०७९ १६:२१ मा प्रकाशित     128 No Comments

माघ २३/ दाङ । नेकपा (बहुमत) चितवनका एक जना जिल्ला कमिटी सदस्यले नेकपा प्रवेश गरेका छन् ।
नेकपा (बहुमत) चितवन जिल्ला कमिटीका सदस्य आश बहादुर गुरुङले आज सोमबार नेकपा प्रवेश गरेका हुन् ।

गुरुङले आज एक बिज्ञप्ती जारी गर्दै नेकपा (बहुमत)ले अबको क्रान्ती पूरा गर्न नसक्ने भन्दै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएको जनाएका छन् ।

गुरुङले बिज्ञप्तिमा लेखेका छन् – ‘नेकपा (बहुमत)ले अबको क्रान्ती पूरा गर्न नसक्ने भन्दै म नेकपा (बहुमत) जिल्ला कमिटी सदस्य आश बहादुर गुरुङ आजैका मितिदेखी सो पार्टी परित्याग गरि नेकपा (विप्लव) मा धृबिकृत भएको छु । एकीकृत जनक्रान्ती जिन्दावाद , वैज्ञानिक समाजवाद जिन्दावाद ।’

गुरुङद्वारा जारी बिज्ञप्तिको पुरापाठ।

यता नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) समर्थक अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघ चितवनका अध्यक्ष कृष्ण बहादुर लामासहितको सम्पुर्ण कमिटी नेपाल कम्युनिस्ट पार्टी मा समाहित भएको थियो । शनिबार चितवनमा भएको एक कार्यक्रम विच उनिहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन । नेपाल कम्युनिस्ट पार्टीको १२औं बैठकपछि अलग्गिएका बास्तोला नेतृत्वमा आबद्ध नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा फर्कने क्रम यसअघि पनि देशका विभिन्न जिल्लामा भैरहेको बेला सेल्स तथा मजदुर संघ चितवनमा आबद्ध कार्यकर्ताहरु आज नेकपामा समाहित भएका छ्न । प्रबेश गर्नेहरुमा सेल्स तथा पसल मजदुर संघ चितवनका अध्यक्ष कृष्ण बहादुर लामा , उपाध्यक्ष शोभा पौडेल ,कोषाध्यक्ष पिताम्बर अर्याल , सहसचिव पार्वती सुनार , सल्लाहकार सुवास रम्तेल र सदस्य सिता जिसी रहेका छन । उनिहरुलाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एबम नारायणी ब्युरो इन्चार्ज एटमले स्वागत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार