प्रेस काउन्सील नेपाल द्वारा थारु भाषाको पत्रकार आचारसंहिता लोकार्पण

डेली न्युजराप्ती       २१ चैत्र २०७८ १४:०५ मा प्रकाशित     355 No Comments


घोराही,२१ चैत/ प्रेस काउन्सील नेपालले थारु भाषाको पत्रकारीत आचारसंहिता प्रकाशित गरेको छ । प्रेस काउन्सील नेपालले सोमबार दाङको घोराहीमा थारु भाषाको पत्रकारीता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरि उक्त थारु भाषाको पत्रकार आचारसंहिताको लोकार्पण गरिएको छ ।

काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा कार्यक्रम गरि प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उक्त आचार संहिता पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले थारु भाषाका अझै लेखपढको अभ्यास बढाउन आबस्यक रहेको बताएका छन । घोराही उपमहानरपालिकाले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यबहारमा लागु गर्न चुनौती देखिएको बताए। थारुहरुमा लेखपढमा अभ्यास नहुदा पनि प्रयोगमा आउन नसकेको उल्लेख गरेका छन।

उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्र देखी ऐच्छिकरुपमा पठनपाठनमा ल्याउने तयारी गर्नुभयो । थारु भाषाको संरक्षणमा थारु मात्रै नभई अन्य समुदायले पनि चासो दिनुपर्ने बताएका छन । थारु भाषा कला, संस्कृतीले भरिपूर्ण भएको उल्लेख गर्दै यसलाई पर्यटन प्रबद्र्धन सँग पनि जोड्न सकिने धारणा राखेका छन ।

पत्रकारकारीता क्षेत्र समाजको ऐना भएको भन्दै उहाँले यस्को मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताएका छन । स्थानिय र राष्ट्रियरुपमा बोलिने भाषालाई सबैको बनाउन आबस्यक रहेकोमा जोड दिएका छन । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृती हस्तान्तरण हुदै जानु पर्ने भए पनि लोप हुदै जान थालेको देखिएको बताए ।

बाह्य संस्कृतीको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको उहाँको भनाई छ । भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको निकै ठूलो भूमिका हुने बताए । सम्बन्धित समुदायको भाषा, कला, संस्कृती, रहनसशन नै पहिचान भएको उनको भनाई छ । पत्रकार आचारसिंहता पालना गर्नु सबै पत्रकारहरुको धर्म रहेको भन्दै यसबाट बिचलित भए समाजलाई समेत असर पर्ने बताए ।

प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दाङ सहित बाँक, बर्दिया, कैलाली, कन्चनपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रममा ७ बुँदे घोषणा पत्र समेत सार्वजनिक गर्ने भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल सहित जिल्लाका पूर्व अध्यक्ष एवं दाङका पत्रकारहरुको समेत सहभागिता रहेको छ । प्रेस काउन्सील नेपालले थारु भाषाको सहित डोटेली र भोजपुरीमा समेत आचारसंहिता बनाएको छ ।

डोटेली र भोजपुरी भाषामा तयार पारिएको पत्रकार आचारसंहितालाई छिट्टै सार्वजनिक गरिने काउन्सीलले जनाएको छ । यस अघि काउन्सीलले नेपाली, मैथली र नेपाल (नेवारी)भाषामा आचारसंहिता जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार