तुलसीपुर खानेपानि निर्वाचन: नौ राजनैतिक दलहरुद्वारा साझा उम्मेदवारलाई मत दिन अपिल

डेली न्युजराप्ती       १६ पुष २०७८ १८:३९ मा प्रकाशित     344 No Comments


हेमन्त प्रकाश वली, दाङ। तुलसीपुर खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन भोलि शनिबार हुदैछ।

निर्वाचनमा तुलसीपुरमा कृयाशिल नौ राजनैतिक दलका तर्फबाट साझा उम्मेदवारलाई अमुल्य मत दिई अत्याधिक मतले बिजयी बनाउन दलहरुले बिज्ञप्ति मार्फत अपिल गरेका छन। आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नौ राजनैतिक दलका प्रतिनिधिहरुले संस्थाको निर्वाचनमा सर्वसहमती कायम गर्न अत्यन्तै धेरै प्रयत्न गरेको तर उम्मेदवारी दर्ताको काममा राजनैतिक दलहरुको सहमतीलाई चुनौती दिदै केही उपभोक्ताहरुले उम्मेदवारी दर्ता गराएकाले सर्वसहमतिले सार्थकता पाउन नसकेकोले नौ दलको तर्फबाट साझा उम्मेदवारका साथ उपभोक्ता समक्ष आएको उल्लेख गरिएको छ।

नौ राजनैतिक दलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य, सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवार लक्ष्मण केसि र पदम बहादुर खड्का रहेका छन।
संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार