नेपाल कम्युनिस्ट पार्टी दाङको पाचौं पुर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       ८ पुष २०७८ १९:५० मा प्रकाशित     672 No Comments


हेमन्तप्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङको पाचौं पुर्ण बैठक बिहिवार घोराहीमा सम्पन्न भएको छ।

बैठकले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध जिल्लामा संघर्ष गर्ने निर्णय गरेको छ। यस्तै बैठकले पार्टी निकट जवस/मोर्चाका जिल्ला भेला तथा सम्मेलनहरु गर्ने, जवस/मोर्चाका संगठन सुदृढीकरण तथा जागरण अभियानहरुलाई जिल्लामा भव्य,सभ्य र सानदार ढंगले संचालन गर्ने लगाएतका निर्णय गरेको नेकपाले जनाएको छ।
नेकपाका केन्द्रीय समिती सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको बैठकमा नेकपा बिशेष कमिटी सदस्य द्वय सम्झना र बिक्रम,नेकपा बर्दिया सेक्रेटरी गणेश, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष लछिराम ढकाल,अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का केन्द्रीय सदस्य केशवको आतिथ्य रहेको थियो।
बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले नेपाली जनताले दलाल सत्ताको विकल्पमा जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गरिरहेको बताउनुभयो।
उहाले संसदीय व्यवस्था चरम संकटमा रहेको भन्दै सम्पुर्ण बामपंथी,प्रगतिशील र क्रान्तिकारी शक्तिहरु एकजुट भइ सत्ताका विरुद्ध संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो। नेता शितलले अहिले माओवादी केन्द्रले आफ्नो पार्टीका विरुद्ध अनेकन भ्रामक हल्लाहरु फिजेकाले कोहिपनी भ्रमित नहुन आग्रह गर्नुभयो। माओवादी केन्द्र एजेन्डा बिहिन,दिशाबिहिन,दृष्टिकोण बिहिन पार्टी भएको नेता शितलको भनाइ थियो। पछिल्लो समय केही अनलाइन मिडियाहरुले पार्टी विरुद्ध भ्रमपुर्ण,तथ्यहिन समाचार प्रकाशित गरिरहेको प्रती कोहि पनि भ्रमित नहुन समेत नेता शितलको आग्रह थियो।

दाङबाट ४ नेताहरुलाइ बिदाई
यस्तै नेकपा दाङको पाचौं पुर्ण बैठकमा लामो समयसम्म जिल्लाका विभिन्न जिम्मेवारीमा रहि पार्टीको कामकाज गरिरहनु भएका र हाल पार्टीको आवश्यक्ता र जवस/मोर्चाको सम्मेलन मार्फत जिम्मेवारि बढुवा भएर अन्य भुगोलमा सरुवा भएका नेताहरुलाइ बिदाइ गरिएको हो। बिदाइ हुनेमा युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली,अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा त्रिभुवन बिश्वबिद्धालयका इन्चार्ज अनिल,मगर मुक्ती मोर्चाका केन्द्रिय कोषाध्यक्ष भिमप्रकाश रहेका छन।

पाचौं पुर्ण बैठकको संचालन तथा अध्यक्षता नेकपा दाङका सेक्रेटरी प्रदिपले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार