अदालतको पक्राउ पुर्जी विरुद्ध नेकपा पुर्वी दाङद्वारा घोराहीमा मशाल जूलूस प्रदर्शन

डेली न्युजराप्ती       २० मंसिर २०८० ०७:२८ मा प्रकाशित     83 No Comments

जंग रेउले ।

घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जी विरुद्ध  दाङसहित देशभर एकैसाथ मशाल जुलुस प्रदर्शन गरेको छ ।

पार्टीले अदालतको पक्राउ पूर्जी विरुद्ध घोषणा गरेको संघर्षको कार्यक्रम अन्तर्गत  पहिलो दिन आज साँझ दाङसहित देशभर मशाल जुलुस प्रदर्शन गरेको हो ।

कोणसभामा बोल्ने नेकपाका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले  नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति र शान्ति प्रक्रियाका विरुद्ध जाने गरी भ्रष्ट न्यायलयले पार्टीका महासचिव विप्लव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा आज दाङसहित देशभर मसाल जुलुस प्रदर्शन भइरहेको बताए । उनले  १ खर्ब ४३ अर्ब रुपैयाँमा किनिएको एनसेलको सेयर ६ अर्ब ६६ करोड रुपैयाँमा मात्र बिक्री भएको नाटक मन्चन गरेर पार्टीका महासचिव  विप्लव लगायतका नेताका नाममा पक्राउ पुर्जी जारी गर्नु संयोग मात्र नभएर यो सेटिङमा भएको ठूलो भ्रष्टाचार र एनसेलको कर छली प्रकरणलाई ओझेलमा पार्न गरिएको षड्यन्त्र भएको उद्घोष गरे ।

एनसेलको घोटाला सामसुम पार्ने षड्यन्त्र, तीन वुँदे सहमतिलाई ध्वस गर्ने योजना र समाजवाद निर्माण गर्ने अभियानलाई अवरुद्ध गर्ने योजनामा प्रेरित भएर  पुर्जी  जारी गर्ने न्यायाधीशलाई पनि जन अदालतबाट पक्राउ पुर्जी जारी गरिने समेत नेता सविनको भनाइ  छ ।

अदालतको आदेश गैरकानूनी, अराजक, विध्वंसात्मक भएको ठहर गर्दै सिंगो पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन पनि अपिल गरिएको छ । पक्राउ पुर्जी विरुद्धको मशाल जुलुसमा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । दाङका विभिन्न ठाउँमा मसाल जुलुसको प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।

नेकपाका महासचिव विप्लवले मंगलवार एक प्रेस विज्ञप्ति जारी गदै आज बेलुका मशाल जुलुस गर्ने, भोली मंसिर २० गते दिउँसो ३ बजे न्यायाधीशको विरुद्ध पुत्ला जनाउने र पर्सी मंसिर २१ गते दिउँसो २ बजे देशव्यापी अदालतको आदेश विरुद्ध जनप्रदर्शन गर्ने घोषणा गरेका थिए ।

सोमबार मात्र जिल्ला अदातल काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार