नेकपाका महासचिव विप्लव सहित प्रवक्ता प्रकाण्डलाई किन पक्राउ गर्न खोज्दैछ प्रचण्ड सरकार? देश द्वन्द्वमा फस्ने खतरा

डेली न्युजराप्ती       १८ मंसिर २०८० १७:३१ मा प्रकाशित     127 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ । अदालतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीसहित सो पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामाका नाममा जारी भएको सूचना गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको हो ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।तत्कालिन केपी ओलि नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्दै सोही सरकारले २०७७ साल फाल्गुन २१ गते नेकपासंग तीन बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन,कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार