फागुन १ गते जनयुद्ध दिवसमा विप्लव-प्रचण्ड एउटै मञ्चमा

डेली न्युजराप्ती       २९ माघ २०८१ ०७:४६ मा प्रकाशित     63 No Comments

सल्यान । सल्यानकाे बागचाैरमा पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी आउने भएका छन् ।

जनयुद्धमा वेपत्ता पारिएका विपिन भण्डारीकाे सम्झनामा बनाइएकाे विपिन भण्डारीको शालिक अनावरण गर्न प्रचण्ड र विप्लव बागचाैरमा आउन लागेका हुन् । जनयुद्ध दिवसकाे अवसर पारेर फागुन १ गते दुवै नेताहरु बागचाैरमा आउन लागेकाे नेकपा सल्यानले जनाएकाे छ।

साेमबार नेकपा सल्यानले पत्रकार सम्मेलन गर्दै कार्यक्रमकाे बारेमा जानकारी गराएकाे हाे । कार्यक्रमलाइ व्यापक बनाउन पार्टीले जिल्लाव्यापी प्रचारप्रसार गर्ने, सबै निकायहरुसँग छलफल गर्ने नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज माेहलाल चन्द ‘आधार’ले बताए । उनका अनुसार प्रचण्ड र विप्लवले एउटै मन्चबाट भाषण गर्नेछन भने संयुक्त रुपमा विपिन भण्डारीको शालिक अनावरण गर्नेछन् ।

जनयुद्धकाे बेला विपिन भण्डारीलाइ तत्कालिन राज्य पक्षकाे सुरक्षाकर्मीले काठमाण्डाैबाट वेपत्ता बनाएकाे थियाे । विपिन पहिलाे संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीका एकमात्र छाेरा हुन् । उनैकाे सम्झनामा परिवारले बागचाैरमा विपिन भण्डारी मेमोरियल पार्क बनाएकाे छ ।

पत्रकार सम्मेलनमा आधार सँगै केन्द्रिय सदस्य मदन चन्द, भिम भारती, जिल्ला सेक्रेटरी अनिल खड्का, केन्द्रिय प्रतिनिधि सदस्य प्रकाश चन्द सहित जिल्ला स्थित संचारकर्मी तथा पत्रकारहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार