बालेनको हिम्मत छ भने अमेरिकी दूतावासले मिचेको पर्खाल भत्काउन् : नेता प्रकाश

डेली न्युजराप्ती       २० पुष २०७९ २१:२० मा प्रकाशित     499 No Comments

पौष २० , काठमाडौं । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सीले बालेनलाई ठाडो चुनौती दिनुभएको छ।
आज काठमाडौको रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित स्व.वि.यु. निर्वाचन बिशेष प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता प्रकाशले बालेनले सुकुम्बासीको झुप्रोमा डोजर लाउन छोडेर हिम्मत छ भने अमेरिकी दूतावासले महाराजगन्ज देखि चक्रपथसम्म सडक मिचेर बनाएको पर्खाल भत्काउन खुल्ला चुनौती दिनुभएको हो ।

अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा आयोजित स्ववियु निर्वाचन बिशेष प्रशिक्षणमा बोल्दै नेता प्रकाशले भन्नुभयो – ‘गरिबहरुको गित गाएर गरिबहरुलाइ छुरा हान्ने प्रवृत्ति बालेन प्रवृत्ति हो । बागमतीको फोहोर डंगुरमा बस्ने सुकुम्बासीका घरटहरामा डोजर लगाएर फिल्मी शैलीमा टहरा हटाएर काठमाडौलाई सौन्दर्यकरण गर्ने र यो शहरका पुजिपतीलाई फुल फुलाएर सुगन्ध दिलाएर हजारौं सुकुम्बासीलाई बेघर वनाउने बालेनको विरुद्ध हामी आन्दोलन गर्छौं ।’

एक अर्को प्रसंगमा बोल्दै नेता प्रकाशले स्ववियुको भुमिका र औचित्य नयाँ ठाउमा पुगेको बताउनुभएको हो । सर्टिफिकेट झोलामा राखेर बिदेशमा भौतारीरहेका युवा बिद्यार्थीको विषय अबको स्ववियुको एजेन्डा बन्नुपर्छ , उहाँले थप्नुभयो ‘बिश्वबिधालयबाट उत्पादित जनशक्ति कहाँ छ ? सरकारी बिधालय भन्नेबित्तिकै लथालिङ्ग र भताभिङ्ग भएको छ । सरकारीमा पढाउने शिक्षकहरुले निजि शिक्षालयहरु खोलेर नवधनाढ्य वर्गमा परिणत भएका छन् । प्लस टु पुस्ता बिदेश जान लालायित छ । हाम्रा युवाले दुवइ , कतार , मलेसिया , साउदी अरविया बनाए तर आफ्नो देश बनाउने वातावरण यो सत्ताले बनाएन । पुर्व मेचिदेखी पश्चिम् महाकालीसम्मका जमिन बाझा छन , युवाहरू बिदेशमा छन । अबको स्ववियु जस्तो साझा फोरमले युवाहरुलाइ संगठित गरि आफ्नै देश बनाउने अभियानसंग जोड्नुपर्छ ।’

एक फरक प्रसंगमा नेता प्रकाशले अहिलेको सरकार बिचित्रको समीकरण भएको बताउदै यसले राजनीतिक संकट बढाएर लैजाने बताउनुभएको थियो । केही राजनितिक चेतना विहिन युवाले बालेनको हर्कतमा ताली पिटिरहेका छन , उहाँले थप्नुभयो ‘देशको अर्थतन्त्र धराशायी छ । प्रतिव्यक्ती ऋण ६८ हजार पुगेको छ । समाजमा गरिबी , गाँस , बास , कपास शिक्षा ,स्वास्थ्य , रोजगारको समस्या हल नगरेर दलाल पुजिपतीलाई फुलको सुगन्ध सुघाउने बालेनको विरुद्ध आन्दोलन हुन्छ ,त्यसको नेतृत्व हामी गर्छौं ।’

शैक्षिक मुद्दा , पठनपाठन , भौतिक पुर्वाधार लगाएतका एजेन्डाहरुमा अबको स्ववियु केन्द्रित हुनुपर्ने नेता प्रकाशको भनाइ थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन बिश्वबिद्धालयका इन्चार्ज अनिल सीको स्वागत मन्तव्यबाट सुरु भएको बिशेष प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य एवम अखिल(क्रान्तिकारी)का फ्र्याक्सन इन्चार्ज चिरन पुन (मिलन)को प्रमुख आतिथ्य रहेको थियो भने अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी र केन्द्रीय महासचिव ललित सीको आतिथ्य रहेको थियो ।

अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज प्रकाश सीले संचालन गरेको बिशेष प्रशिक्षण कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार