काठमाडौं –नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन विभागले १० लाख रुपैयाँ बराबरको धान विक्री गरेको छ । धान विक्रिबाट विभागले ७ लाख नाफा कमाएको नेकपाले जनाएको छ।
विप्लव नेतृत्वको नेकपाले संचालन गरेको उत्पादन केन्द्रले १ लाखको महसमेत विक्री गरेको छ । जसबाट ५० हजार रुपैयाँ नाफा भएको उत्पादन केन्द्रका प्रमुख तथा पार्टी पोलिटब्युरो सदस्य सन्देश सीले बताए ।
सो केन्द्रबाट २ क्विटल ४० किलो मह उत्पादन भैसकेको विद्यार्थी नेता अटल सीले जानकारी दिए । जहाँ २५ वटा बाख्रा पनि पालिएको छ भने ३ वटा टनेलमा गोलभेडासमेत रोपिएको छ । ४ वटा पोखरीमा मत्स्य पालन गरिरहेको उत्पादन केन्द्रले यसपटकको आलु खेतीबाट १५ लाख मुनाफा गर्ने उत्पादन केन्द्रकाे लक्ष्य रहेको छ ।
साथै, माडीका कृषि मजदुरलाई पारिश्रमिक स्वरुप ८ लाख ४७ हजार वितरण गरिएकोले उत्पादन केन्द्र रोजगारी प्रदायकसमेत बन्न पुगेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.