असार २३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले प्राकृतिक विपत्तिले निम्त्याएको क्षती न्यूनीकरण गर्न र बाढिमा फसेकाहरुको यथासिघ्र उद्दार गरि राहत उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सचिव तिलक सीले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् ।
नेकपाका जिल्ला सचिव तिलक सीद्वारा जारी प्रेस विज्ञप्तिमा अविरल वर्षाले दाङ लगाएत देशभरको जनजीवन अस्तव्यस्त बनाएकाले जनधनको क्षती भइरहेका दुखद खवरहरु सार्वजनिक भइरहेको जनाइएको छ ।
साथै विज्ञप्तिमा बाढिले दुख दिइरहेका नागरिकहरुको जीवन रक्षा गर्न र आवश्यक उद्दार , राहतको भरपर्दो व्यवस्था मिलाउन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।
सहयोगको लागि नेपाल कम्युनिस्ट पार्टी दाङको एकीकृत जनसहायता घुम्ती टिमले पनि आफ्नो काम गरिरहेको छ ।’, बिज्ञप्तिमा भनिएको छ , ‘प्राकृतिक विपत्तिले निम्त्याइरहेको क्षती न्यूनीकरण गर्न र बाढिमा फसेकाहरुलाई यथासिघ्र यथासिघ्र उद्दार गरि राहत उपलब्ध गराउन सबैले सहयोग गरौं ।’
प्रेस विज्ञप्तिको पुरापाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.