नेकपासहित ६ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा एमसीसीबिरुद्ध थप संघर्षको उद्घोष

डेली न्युजराप्ती       १० फाल्गुन २०७८ २०:३२ मा प्रकाशित     388 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले MCC परियोजना विरुद्ध आम राष्ट्रवादी नेपाली जनता देशव्यापी रुपमा आन्दोलित हुदाँहुदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसदमा जबर्जस्त टेवल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादी र अमेरिकि साम्राज्यवादको नाङ्गो दलाली भएको निष्कर्ष निकाल्दै उक्त कदमको घोर निन्दा एवं भर्त्सना गर्दै संघर्षका थप कार्यक्रम घोषणा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको थप कार्यक्रम घोषणा गरेका हुन। उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा MCC कम्प्याक्ट संसदमा प्रस्तावित गर्ने देउवा सरकारको मुर्खता विरुद्ब संघर्षरत जनसमुदायको सहभागितामा फागुन ८ गतेको विरोध प्रदर्शन र संसद भवन घेराउ कार्यक्रम माथि रबरको गोली , अश्रुग्यास ,पानीको फोहोरा प्रहार र लाठ्ठी चार्ज गरि देउवा सरकारले गरेको दमन निरंकूश र फाँसिवादी भएको ठहर गर्दै त्यसको कडा रुपमा विरोध गर्दै गिरफ्तार बन्दी नेता, कार्यकर्ता र जनताको तुरुन्त स-सम्मान रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ । उनीहरुले घोषित संर्घषको कार्यक्रमलाई सशक्त र हस्तक्षेपमूलक रूपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, देशभक्त शक्तिहरू, सच्चा लोकतन्त्रवादीहरू र आम नेपाली जनतामा सक्रिय सहभागिताको निम्ति विशेष आव्हानसमेत गरेका छन ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओबादी केन्द्र समाजवादीका अध्यक्ष सुशील , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ :– “आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीयकार्यालय बुद्धनगर, काठमाण्डौँमा बस्यो । बैठकले MCCविरुद्बमा आगामी संघर्षको कार्यक्रम सम्वन्धि निर्णय लिईएको छ ।
१- MCC कम्प्याक्ट विरुद्ध आम राष्ट्रवादी नेपाली जनता देशव्यापी रुपमा आन्दोलित हुदाँहुदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसदमा जबरजस्त टेवल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादी र अमेरिकि साम्राज्यवादको नाङ्गो दलाली भएको निष्कर्ष निकाल्दै उक्त कदमको घोर निन्दा एवं भर्त्सना गर्दछौँ ।
२-हाम्रो आयोजना र MCC कम्प्याक्ट संसदमा प्रस्तावित गर्ने देउवा सरकारको मुर्खता विरुद्ब संघर्षरत जनसमुदायको सहभागितामा फागुन ८ गतेको विरोध प्रदर्शन र संसद भवन घेराउ कार्यक्रम माथि रबरको गोली , अश्रुग्यास ,पानीको फोहोरा प्रहार र लाठ्ठी चार्ज गरि देउवा सरकारले गरेको दमन निरंकूश र फाँसिवादी भएको ठहर गर्दै त्यसको कडा रुपमा विरोध गर्दछौँ।
३-फागुन ८ गतेको विरोध प्रदर्शन र घेराउ कार्यक्रम माथि नाङ्गो हस्तक्षेप गर्दा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य क। वसन्त बोगटी ,प्रदेश सदस्य क।सुनिता बुढाथोकी ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला सदस्य कमरेड भुपाल सेन्चुरी लगायत मुकेश चन्द,विप्लव खड्का ,सन्तोष प्रधान, सरराज उप्रेती,मनकुमार बुढाथोकी ,भिम खड्का,भुपाल बिक, श्रीकृष्ण पाण्डे, चन्द्रकुमार खड्का, लालबहादुर तामाङ, अर्जुन कुमार कटुवाल ,सुदिप विस्ट, किरण देउवा, रञ्जित खड्का , वीरेन्द्र थापा सहितका योद्बाहरुलाई गिरफ्तार गरि हाल सम्म हिरासतमा राखेको छ । बन्दी नेता, कार्यकर्ता र जनताको तुरुन्त ससम्मान रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।
४- MCC कम्प्याक्टलाई संसदबाट पारित गराउने देउवा सरकार र गठबन्धनका विरुद्ब निम्नानुसार आगामी जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौँ । घोषित जनसंघर्षको कार्यक्रममा सक्रिय सहभागी भई भव्यरुपमा सफल पार्न र एमसिसि कम्प्याक्टलाई खारेजी गर्न देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दछौँ ।

संघर्षको कार्यक्रम:
१-.फागुन ११ गते उपत्यकामा साँस्कृतिक क्षेत्र लगायतको विरोध प्रदर्शन ।
२-फागुन ११ गते साँझ देशव्यापी मशाल जुलुश।
३-फागुन १२ गते देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाण्डौँ उपत्कामा माईतिघर मण्डलाबाट प्रदर्शन सहित संसद भवन घेराउ
४-फागुन १३ गते देशव्यापी कोणसभाहरु ।
५-फागुन १४गते देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाण्डौँ उपत्यकामा माईतिघर मण्डलाबाट प्रदर्शन सहित संसद भवन घेराउ
६-फागुन १५ गते काठमाण्डौँमा विशाल विरोध प्रदर्शन एंव वृहद संयुक्त विरोध सभा र देशव्यापी विरोध प्रदर्शन र विरोध सभाहरु ।
७-फागुन १६ गते विषेश संघर्षको कार्यक्रम ।
८-संघिय सांसदहरुलाई MCCको विरुद्बमा खडा हुन पत्राचार गर्ने । “

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार