भूकम्पमा परी टर्की र सिरियामा करिब ३०० जनाको मृत्यु

डेली न्युजराप्ती       २३ माघ २०७९ १६:२२ मा प्रकाशित     106 No Comments

दाङ,२३ माघ । भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय जनाको मृत्यु भएको हो । सयौं व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।

त्यसलगत्तै सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २३० जनाको मृत्‍यु भएको छ । यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्‍यु भएको र ४४० जना घाइते भएको बताएका छन् । भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो ।

टर्कीको गाजियानटेप निवासी अर्डेमले रोयटर्ससँग कुरा गर्दै यत्तिको कडा धक्का अहिलेसम्म महसुस नगरेको बताएका छन् । भूकम्पले पुर्याएको क्षति पछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ । टर्कीका गृहमन्त्रीले देशका १० वटा शहरमा भूकम्पले बढी क्षति पु¥याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार