दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

डेली न्युजराप्ती       १३ चैत्र २०८२ १०:०१ मा प्रकाशित     64 No Comments

दाङ। दाङमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित स्केट पार्क नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा घोराही–१५ का २० वर्षीय सौरव वली, घोराही–१३ की २८ वर्षीया सृजना चौधरी, घोराही–४ घर भई हाल १३ नम्बरमा बस्दै आएका २६ वर्षीय बिशाल बिक, तुलसीपुर–६ घर भई घोराही–१३ बस्ने १८ वर्षीया कुमारी नेपाली तथा सोही स्थानका २४ वर्षीया मिना नेपाली रहेका छन्।

प्रहरीका अनुसार उनीहरुको साथबाट करिब १८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, १६.२ लाल सुनजस्तो देखिने पहेंलो धातु, नगद ४८ हजार ७७५ रुपैयाँ र पाँच थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी दश दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार