हेमन्त प्रकाश वली ।
माघ १० , तुलसीपुर । राप्ती बाल एकाडेमीले आउदो १२ गते १४औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.६ गाइडहरमा अवस्थित एकाडेमीले १४औ बार्षिक उत्सव , अभिभावक दिवस तथा अक्षर आरम्भको तयारीलाई तिब्रता दिएको एकाडेमीका प्रीन्सिपल ठाकुर प्रसाद डागीले बताउनुभएको छ ।
१४औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बिधालयमा विभिन्न बिधाका खेलकुद , नृत्य , बिज्ञान प्रदर्शनी लगाएतका तयारीलाई तिव्रता दिइएको छ ।
यहीँ माघ १२ गते सम्पन्न हुन गइरहेको १४औ बार्षिक उत्सव तथा अभिभावक दिवसको भव्य समारोहलाइ सफल बनाउन एकाडेमीलाई चिटिक्क सिंगारिएको छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवसको बारेमा बोल्दै बिधालयका प्रीन्सिपल ठाकुर प्रसाद डागीले भन्नुभयो – ‘हामि बिधालयको १४औ बार्षिक उत्सव तथा अभिभावक दिवसको तयारीमा जुटेका छौँ । बिधालयमा विभिन्न खेलकुद , नृत्य , बिज्ञान प्रदर्शनी लगाएतका क्षेत्रमा भव्य तयारी हुँदै पनि छ । व्यवस्थापनका अन्य थुप्रै तयारी पनि चलिरहेका छन् । म सबै अभिभावक , बिधालयमा कार्यरत शिक्षक-शिक्षिका , कर्मचारी , शिक्षाप्रेमी , समाजसेवी , पत्रकार लगाएत सम्पुर्ण महानुभावहरुलाइ १४औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु ।’
यस्तै १४औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तुलसीपुर-६ मा रहेको मानवसेवा आश्रममा भोलि फलफुल तथा खाद्यान्न वितरण गरिनेपनि बिधालय प्रीन्सिपल डागिले बताउनुभएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.