पोखरामा रवि लामिछानेमाथी सहकरी पिडितले गरे खोया प्रहार , रविका सहकारीकर्मी राई फरार!

डेली न्युजराप्ती       ७ पुष २०८० १८:३३ मा प्रकाशित     199 No Comments

कास्कीको पोखरास्थित अमरसिंह चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेक्रममा सो पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले उनीमाथि प्रहार गरेका हुन् । रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले बताए । 

रानाभाट पोखराको सूर्यदर्शन सहकारीका पीडित रहेको बताइएको छ । तर, एसपी थापाले भने सहकारीपीडित भएको वा नभएको बारे पुष्टि हुन नसकेको बताए ।

रानभाटले आफ्नो हातबाट मकैको खोया फुत्केको र स्टेजतिर पुगेको बताएका छन् । तर, स्टेज र उनलाई नियन्त्रणमा लिइएको दूरी करिब २० फिट टाढा रहेकाले शंकास्पद देखिएको एसपी थापाले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेको छ । उनलाई कुनै मुद्दा चलाउने वा सम्झाइबुझाइ गरेर छोड्ने प्रहरीले निर्णय गरिसकेको छैन । 

खोया स्टेजमा पुगेपछि रविले त्यसलाई टिपेका थिए । रास्वपाका एक नेताकाअनुसार त्यो खोया सहभागीलाई देखाउँदै सानातिना प्रहार हुँदै आएको र डस्ट्बिनमा जानुपर्ने चिज स्टेजमा आएको प्रतिक्रिया जनाएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीका अध्यक्ष जीवी राई अहिले फरार छन् । राई र लामिछाने मिलेर काठमाडौंमा ग्गालेक्सी टेलिभिजन सुरु गरेका थिए र सूर्यदर्शन सहकारीबाटै राई र लामिछानेले ऋण लिएको पाइएको छ । राई सहकारीको रकम हिनामिना गरी अहिले फरार छन् भने लामिछानेले पार्टी खोल्नुअघि नै टेलिभिजन छोडेका थिए र अहिले सो टेलिभिजन पनि पनि बन्द भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार